आयल निगमका प्रमुख इन्जिनियर थानी ‘बेस्ट म्यानेजमेन्ट अवार्ड’ द्वारा सम्मानित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

आयल निगमका प्रमुख इन्जिनियर थानी ‘बेस्ट म्यानेजमेन्ट अवार्ड’ द्वारा सम्मानित

  • इन्जिनियर्स पोष्ट संवाददाताJuly 20, 2023
फाइल फोटो

काठमाडौँ/ ४ साउन । नेपाल इन्जिनियरिङ्ग एसोसिएसनले नेपाल आयल निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीलाई ‘बेस्ट म्यानेजमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै एसोसिएसनको ६१ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो। निगमको उन्नयनमा राम्रो कार्य गरी आफ्नो इन्जिनियरिङ्ग व्यवस्थापकीय क्षमता प्रमाणित गरी रसिया–युक्रेन युद्धका बीच सृजना भएको इन्धनको विश्वव्यापी संकटको अवस्थामा समेत नेपालमा सहज आपूर्ति तथा वितरण गरेकोले अवार्ड दिइएको एसोसिएसनले जनाएको छ।

इ. उमेशप्रसाद थानीको नेतृत्वमा इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३१ अर्ब रुपैयाँ बक्यौता चुक्ता गरी १८ अर्ब नाफा गरी इन्जिनियरिङ्ग क्षमता प्रमाणित गरेको एसोसिएसनको दावी छ।

Your Opnion

//