नागरिक उन्मुक्ति पार्टीबाट छोटो अबधिको सक्रियतापछि भइन् विदा अभिनेत्री एलिजा धमला - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

नागरिक उन्मुक्ति पार्टीबाट छोटो अबधिको सक्रियतापछि भइन् विदा अभिनेत्री एलिजा धमला

काठमाडौं/ २१ असार । अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतम धमलाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन्। बिहीबार फेसबुकमा स्टाटस लेखेर गौतमले आफू सक्रिय राजनीतिबाट बिदा लिएको जानकारी दिएकी हुन्।

उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग प्रभावित भएको र तत्काल सक्रिय राजनीतिबाट बाहिरिँदै समाज सेवामा लाग्ने अभिव्यक्ति दिएर उन्मुक्ति पार्टीको सक्रिय राजनीतिलाई विश्राम दिएकी छन् ।

‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ। मेरा आगामी दिन समाज सेवामा नै सक्रिय रहनेछन्। अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत् घोषणा गर्दछु’, उनले सामाजिक सञ्जालमा लेखेकि छन् ।

एलिजा पाँच महिनाअघिमात्र नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्। पार्टीमा उनलाई महत्वपूर्ण भूमिका दिइएको थियो। पार्टीका संस्थापक रेशम चौधरीको रिहाईकालागि उनले खेलेको भूमिकालाई लिएर सर्वत्र चर्चा भएको थियो ।

बालुवाटारमा हुने गठबन्धन बैठकमा पनि उनको सहभागिता हुने गरेको थियो ।

Your Opnion

//