मारुती सिमेन्ट फ्याक्ट्रीका सञ्चालक राठी विरुद्ध पक्राउ पुर्जी जारी - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मारुती सिमेन्ट फ्याक्ट्रीका सञ्चालक राठी विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं/२१ असार । मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा अनुजसहित सात जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले मारुतीका व्यापार प्रबन्धक ज्योति जोशीलाई नियन्त्रणमा लिएपछि प्रारम्भिक बयानमा उद्योग सञ्चालकसहित सातजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

राजविराज–४ का दिवाकर साहले आपराधिक र विश्वासघात गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी गरेर व्यापार प्रबन्धक जोशीलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गरेको छ ।

साहले आफ्नो घर बनाउँदा मारुती सिमेन्ट प्रयोग गरेका थिए। मारुती सिमेन्ट प्रयोग गरी बनाइएको उनको घरको भर्‍याङ भत्किएको थियो। त्यसपछि सिमेन्ट गुणस्तरहीन भएको आरोपमा साहले सप्तरी प्रहरीमा जाहेरी दिएका थिए। आपराधिक र विश्वासघात मुद्दामा प्रहरीले अनुसन्धान गर्ने योजना बनाएको छ।

सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी गरि प्रबन्धक जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी ल्याइएको हो ।

प्रहरीका अनुसार उक्त मुद्दामा मारुती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर र प्रबन्ध निर्देशक उनका छोरा अनुज, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साहसहित अजयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

मारुती सिमेन्टका सञ्चालक पक्षले भने जसले मुद्दा हाल्यो उसैले लामो समयदेखि ‘बार्गेनिङ’ गर्दै आएको दाबी गरेको छ। पैसाका लागि बार्गेनिङ गरेका साहलाई यसअघि केही रकम दिएको बुझिएको छ। तर, उनी घर बनाउने भएकाले बारम्बार रकम मागेपछि उद्योग सञ्चालकले बेवास्ता गरेका कारण जाहेरी दिएको सञ्चालक पक्षको भनाइ छ।

Your Opnion

//