पदमार्ग जोगाउन स्थानीयवासीको माग - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पदमार्ग जोगाउन स्थानीयवासीको माग

काठमाडौँ-      कास्कीको माछापुच्छ्र्रे गाउँपालिका–९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ । छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ ।

पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ । धेरै पदमार्गहरु सडक विस्तारले हराउँदै गएको सुनेका स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन् । उनीहरु मर्दी क्षेत्रमा बढेको अव्यवस्थित बसोबासलाई समेत नियन्त्रण गरी पर्यटकीय आकर्षण कायमै राख्नुपर्ने माग गरेका छन् ।

पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत् लगायतका समस्या छन् । होटलहरु खुल्ने क्रम बढे पनि व्यवस्थित छैनन् । कास्कीको माछापुच्छ्र्रे गाउँपालिका–९ सिदिङका प्रज्वल क्षेत्रीले बर्सेनि हजारौँ पर्यटक आउने मर्दी पदयात्रालाई सरकारले व्यवस्थित गरी पदमार्ग जोगाउन माग गरे ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी अभियानमा सिदिङ पुगेकी गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल र प्रदेशका उम्मेद्वार दुर्गादत्त भण्डारीलाई उनले मर्दी पदमार्गका समस्या सुनाए । “अब यहाँभन्दा माथि मोटरबाटो खन्ने काम रोकेर सरकारले मर्दी पदयात्रालाई जोगाउनु पर्दछ”, क्षेत्रीले भने, “केन्द्रीय विद्युत् अझै पुगेको छैन, एक्याप लगायतबाट समस्या भएको छ । सरकारले व्यवस्थित गरेर पर्यटकलाई सुविधा दिनुपर्दछ ।”

मर्दी पदयात्रा माछापुच्छ्र्रे सिदिङसहित धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत सुरु गर्न सकिन्छ । सुन्दर हिमशृङ्खलाको दृश्यावलोकनसहित लालीगुँरासको सुन्दरतामा रमाउँदै पर्यटकले पदयात्रा गर्ने गर्दछन् । पर्यटकहरु पदयात्रा गर्दै चार हजार पाँच सय मिटर उचाइको मर्दी हिमालको आधार शिविरसम्म पर्यटक पुग्छन् ।

पदयात्रामा होटलहरु खुलेका छन् । तर, विद्युत्, खानेपानी लगायतका समस्या छन् । चुनावी अभियानमा आएका उम्मेदवारलाई स्थानीयवासीले यहाँका समस्या सुनाउँदै समाधानको माग गर्ने गर्दछन् ।

माछापुच्छ्र्रे गाउँपालिका–८ कोलेलीका गणेश आचार्यले मर्दी हिमाल र माछापुच्छ्र्रे नमूना पदमार्गको विकासमा सरकारको ध्यान नपुगेको बताए । बर्सेनि पर्यटक बढिरहेकाले पर्यटकीय पूर्वाधार थप गर्दै जानुपर्ने उनको माग छ ।

रासस

Your Opnion

//