“राष्ट्र्रिय आर्थिक युवा इन्जिनियर अवार्ड-२०७९” बाट बरिष्ठ ईन्जिनियर कोइराला सम्मान्नित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

“राष्ट्र्रिय आर्थिक युवा इन्जिनियर अवार्ड-२०७९” बाट बरिष्ठ ईन्जिनियर कोइराला सम्मान्नित

  • एस. के. थापाAugust 14, 2022

काठमाडौँ-   बरिष्ठ ईन्जिनियर, नेपाल भ्यालुयर्स एशोसिएसनका वर्तमान अध्यक्ष तथा वीपी स्टडी युथ सर्कलको अध्यक्ष ई. ऋषि कोइरालालाई राष्ट्र्रिय आर्थिक मासिक बागबजार, काठमाडौँले राष्ट्र्रिय आर्थिक युवा इन्जिनियर अवार्ड-२०७९” बाट सम्मान्नित गरेको छ ।

ई. ऋषि कोईरालाले ईन्जिनियरहरुलाई विश्व बजारमा सहजीकरणको भूमिका निभाउने, थुप्रै रोजगारीको अवसर जुटाउने, नवआगन्तुक ईन्जिनियरहरुलाई इन्टर्नशीपको सुविधा दिलाउने, ईन्जिनियरिङ्गको छाता संगठनहरुसंग सुमधुर सहकार्य गर्ने, इन्जिनियरहरुको जीवन वीमा तथा स्वास्थ्य वीमा गराउने जस्ता थुप्रै ईन्जिनियरहरुको हकहित हुने जस्ता कार्य गर्ने सोच रहेको बताएका छन् ।

ई. कोइरालाले विगत लामो समयदेखि राजनैतिक तथा सामाजिक क्षेत्रमा संलग्न रहि कार्य गर्दै आएका छन् । सामाजिक कार्य अन्तर्गत कोरोना माहामारीको दोस्रो लहर आएसँगै ई. कोइरालाको नेतृत्वमा करीव दश हजार भन्दा बढी मानिसहरुलाई भोजनको व्यवस्था गरीएको थियो ।

ईन्जिनियर ऋषि कोइराला हाल शान्तिनगर- ३१, काठमाडौँमा बसोबास गर्दै आएका छन् । ईन्जिनियरिङ्ग क्षेत्रमा लामो समयदेखि आवद्ध रही ईन्जिनियरिङ्ग क्षेत्र अन्तर्गत स्थायी सम्पत्तीको धितो मूल्यांकन क्षेत्रको पहुँच विस्तार, गुणात्मक विकास एवं व्यावसायिकरण उनले पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर सहित “राष्ट्र्रिय आर्थिक मासिक ” को १२ औँ वार्षिकोत्सवको विशेष अवसरमा मिति २०७९ श्रावण २९ गते ईन्जिनियर ऋषि कोइरालालाई राष्ट्र्रिय आर्थिक युवा इन्जिनियर अवार्ड-२०७९” बाट सम्मानित गरेको हो ।

सो सम्मान समारोहमा पूर्व प्रधानमन्त्री के.पी. ओली साथै  पूर्व अर्थमन्त्री डा. रामशरण महत्तलगायत विसिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Your Opnion

//