पूर्वाधार ईन्जिनियरिङ्ग नयाँ गतिमा अगाडी बढ्दै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पूर्वाधार ईन्जिनियरिङ्ग नयाँ गतिमा अगाडी बढ्दै

  • ईन्जिनियर गजेन्द्र थपलिया (नेपाल बुद्धिजीवी परिषदका महासचिव )March 9, 2022

काठमाडौं-    २०४६ सालको जनआन्दोलन पश्चात् पञ्चायतको अन्तपछि नेपालमा १४ जनाले २८ पटक प्रधानमन्त्रीको रूपमा नेपालको शासन सत्ता समालिसकेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय २२ जनाले मन्त्रीको रूपमा मन्त्रालयको नेतृत्व गरिसकेका छन् । पञ्चायतको अन्त भएको तीन दशक पार गर्दा पनि जुन रूपमा जति विकासले फड्को मार्नु पर्ने हो सो अनुसार हुन नसकेको यथार्थ पुँजीगत खर्चको धेरै प्रतिशत खर्च गर्ने सडक र पुल निर्माणमा विशेष योगदान गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको इन्जिनियर र प्राविधिक जनशक्ति जति आवश्यक थियो त्यसमा उच्च नेतृत्वले ध्यान पुर्‍याउन नसेको देखिन्छ ।

आर्थिक वर्ष २०५०/५१ मा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको बजेट २.६५ अरब हुँदा जति जनशक्ति थियो । यस आर्थिक वर्ष २०७८/७९ को बजेट १६७ अरब हुँदासम्म यही जनशक्तिले काम गर्नुपर्ने अवस्था रह्यो । संघियताको कार्यान्वयन सँगै कर्मचारी समायोजन त्यसमा झन् प्राविधिक कर्मचारीको हकमा अझ पेचिलो बन्यो । देश विकास गर्न र समृद्धिको विषयमा अरु नेताभन्दा धेरै कदम अगाडि रहनुभएका ओली प्राविधिक कर्मचारी बिना देश विकास सम्भव छैन भन्ने कुरामा जानकार हुनुहुन्थ्यो । उहाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ आउनु भएपछि त झन् प्राविधिक जनशक्ति बढाउने कुरामा अली जोड दिएर नै लाग्नु भएको थियो । तत्काल कामका परिणाम निकाल्न कुरामा इन्जिनियर भर्ना गर्ने कुरा समेत सहमति नजिक पुगेको थियो भने पछि प्रशासनिक कुरा देखाएर रोकियो ।

त्यसपछि सबै विकासे मन्त्रालयमा छिट्टै कर्मचारीको दरबन्दी स्वीकृत गर्ने भनेर तिब्र गतिमा काम अगाडि बढाइयो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालय दुवै वसन्त नेम्वाङले नेतृत्व गर्नुभएको बेलामा प्रधानमन्त्रीले यो छिटो टुग्याउनुस् भनेर छिटो गर्न प्रोत्साहित गर्नुभयो ।

जसको फलस्वरुप केपी शर्मा ओली नेतृत्वको सरकारले १८ वर्षपछि भौतिक मन्त्रालयको दरबन्दी स्वीकृत गर्‍यो भने सँगसँगै सहरी विकास मन्त्रालयको पनि मन्त्रीपरिषद्बाट स्वीकृत भयो । जसको फलस्वरुप यस वर्ष सवइन्जिनियर देखि सुपरीटेन्डेन्ट इन्जिनियरसम्म ठूलो संख्यामा नेपाल सरकारमा प्रवेश पाउने अवसर प्राप्त गरेको छ ।

उदाहरणको रूपमा भौतिक पूर्वाधार मन्त्रालय तथ्यांक पेस गर्न चाहन्छु ।

माथिको तथ्यांकबाट ३४२ जना नयाँ इन्जिनियरिङको दरबन्दी थप भएको छ भने यो नै प्रसस्त त नहोला तर पनि मन्त्रालयलाई नयाँ गतिका साथ अगाडि बढाउन थप भएका जनशक्ति यस वर्ष पदपूर्ति बढाउन थप भएका जनशक्ति यस वर्ष पदपूर्ति भइरहेका छन् । हामी सबैले उहाँलाई विभिन्न माध्यमबाट पदपूर्ति भएका व्यक्तिलाई कतिलाई बधाई दिन पाइसकिएको छ भने कतिलाई दिने क्रममा नै छौं । यो समृद्धि, विकास र इन्जिनियरिङको लागि राम्रो अवसर पनि हो । यो एउटा मन्त्रालयको उदाहरण मात्र हो । अन्य मन्त्रालयको पनि यसरी नै काम भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्धि र इन्जिनियरका लागि यी र यस्ता धेरै दुरगामी निर्णय गरेको थियो । मलाई लाग्छ यी सबै इन्जिनियरको मनभित्र दरिलो छापको रुपमा रहेको छ । समय आउँदा इन्जिनियरिङ समुदायले यसको उचित मूल्यांकन गर्ने नै छ ।

Your Opnion

//