अब ई सेवा मार्फत काठमाडौँ महानगरपालिकामा सम्पतिकर भुक्तानी गर्न सकिने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

अब ई सेवा मार्फत काठमाडौँ महानगरपालिकामा सम्पतिकर भुक्तानी गर्न सकिने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । ई–सेवा एकाउन्ट भएका करदाताले मोबाइलबाटै भुक्तानी दिन सक्नेछन् । ई–सेवाएकाउन्ट नभएकाले भने ई–सेवाभएका क्षेत्र तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सकिने ई–सेवाफोन प्रालिले बताएको छ ।

 

यसअघि विराटनगर महानगरपालिका, बुटवल धरान, हेटौँडा इटहरी उपमहानगरपालिका तथा बनेपा, बाँसगढी, बर्दघाट, बेलौरी, धुलिखेल, गोकर्णेश्वर, कावासोती धनगढीमाई, कीर्तिपुर, मध्यविन्दु, नमोबुद्ध, पुनर्वास, सुन्दरहरैचा, तिलोतमा र विष्णुपुर नगरपालिका तथा जोरपाटी केराबारी, थुलुङ गाउँपालिकाले पनि ई–सेवामार्फत कर तथा राजस्व असुली गर्दै आएका थिए ।

 

स्थानीय निकायले दुई तरिकाबाट ई–सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । सुरूमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि ई–सेवाको मोबाइल एप अथवा वेभसाइटबाट भुक्तानी गर्न सकिनेछ ।

 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने ई–सेवामा प्रत्यक्ष खाता खोल्नेको सङ्ख्या ५० लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसङ्ख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब एक लाख ४० हजार एजेन्ट ९ई–सेवाजोन तथा पोइन्ट० छन् भने ई–सेवामा मर्चेन्टको सङ्ख्या तीन लाख नाघिसकेको छ ।

 

ई–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम, सेयर, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट खरिद, विद्यालय तथा क्याम्पसलगायतको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५० बैंक तथा वित्तीय संस्था सदस्य छन् ।

रासस

Your Opnion

//