मनाङमा कहिले पुग्ला बिजुली ? - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Global

मनाङमा कहिले पुग्ला बिजुली ?

सांकेतिक

सबेरै उठेर भान्छाको काम गरेर बारीमा तरकारी गोडमेलसमेत गर्नुहुने सदरमुकाम चामे गाउँपालिका–४ की समीरा गुरुङ अहिले अँध्यारोमा गुज्रनुपर्दा अल्छाउन थालेकी छन् । विगतमा विद्युत् आपूर्ति सहज थियो र सबेरै उठेर भान्छाका साथै अन्य काम पनि सहजै गर्न भ्याइन्थ्यो । ‘बिहान सबेरै उठेर गर्न भ्याइने काम विद्युत् नहुँदा ढिलो गरी गर्न बाध्य भएका छौं, बिजुली हुँदा बेलैमा काम गरी अर्को काम पनि गर्न भ्याउथ्यौँं तर अहिले दिनमा मात्रै काम गर्नुपर्ने बाध्यता भएको छ,’ उनले भनिन् ।

रात पर्नुभन्दा पहिले नै साँझको खाना तयार गरेर बस्नुपर्ने बाध्यता छ, उज्यालोमै खाना बनाउन भ्याइएन भने रातमा खान समस्या हुन्छ, अँध्यारोमा बसेर खाँदा खानामा कीरो बसे पनि पत्तै पाइँदैन । सरकारले कहिले बिजुली उपलब्ध गराइदेला भन्दै पर्खेर बस्न बाध्य छौं,” समीराको भनाइ छ ।

समीरा जस्तै मालती घले र सीता गुरुङजस्ता गृहिणीलाई हिजोआज भान्छाका साथै र अन्य काम दिउसै सकाउनुपर्ने बाध्यता छ । पर्यटन व्यवसायमा समेत आबद्ध भएका हामीहरूलाई अहिले परिवारका लागि मात्रै खाना बनाउन पनि सकस भएको अर्की गृहिणी सीता गुरुङ बताउँछिन् ।

मस्र्याङ्दी नदीमा आएको बाढी र पहिराले त्यहाँको लघु जलविद्युत्मा क्षति पुर्‍याएकाले विद्युत् आपूर्ति अवरुद्ध भएको हो। विद्युत् सञ्चालनका लागि अहिले मर्मत गर्नसक्ने अवस्था पनि छैन । पहिरो गएपछि सडक सञ्जालबाट मनाङ पूर्णरुपमा विच्छेद हुँदा मर्मतका सामग्री ल्याउन पनि सकिएको छैन । विद्युत् आपूर्ति नहुँदा राति हिँड्न र खाना खानसमेत मोबाइलको बत्ती प्रयोग गर्नुपर्ने बाध्यता भएको अर्का स्थानीयवासी दावा छिरिङ गुरुङको गुनासो छ ।

“सडक सञ्जाल सहज नहुँदा खोला र नदीले क्षति पुर्‍याएको पुलमा काठ राखेर हिँड्ने बाटो बनाएका छौँं, अँध्यारोमा मोबाइलको बत्ती बालेर हिँडेका छौं,” उनले भने, ‘बिजुली नहुँदा मोबाइल चार्ज गर्न पनि मुस्किल पर्छ, चार्ज गर्न नपाए अझ अन्धकारमा पुग्छौं, सरकारले मनाङलाई छिटो उज्यालो बनाउने प्रयास गरे हुने थियो, सुनुवाइ कहिले होला खै ?

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले विद्युत् आपूर्तिका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय भइरहेको बताउनुहुन्छ । प्रदेश सरकारले सरकारी कामकाजमा सहज बनाउने उद्देश्यले सौर्य उर्जा उपलब्ध गराए पनि स्थानीयवासीलाई भने उज्यालो दिन नसकिएको उनको भनाइ छ । सडक सञ्जाल विच्छेद हुँदा अहिले आवतजावतका लागि हेलिकप्टरबाहेक अन्य विकल्प छैन। खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत वस्तु ढुवानीका लागि पनि हेलिकप्टर मात्रै प्रयोग भइरहेको छ । रासस

Your Opnion

//