गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेगावाटको सौर्य उर्जा जडान गरिने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Development

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेगावाटको सौर्य उर्जा जडान गरिने

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेगावाट बराबरको सौर्य ऊर्जा (सोलार प्लान्ट) जडान गर्ने घोषणा गरेको छ । यसअघि विमानस्थलमा आवश्यक सोलार प्लान्ट राख्न विद्युत प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणबीच छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोलार प्लान्ट राख्ने विषयमा छलफल गरेका छन् । छलफलमा दुवै मन्त्रालयले प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर बुझाउन निर्देशन दिएका छन् ।

विमानस्थलका लागि आवश्यक पर्ने झन्डै २५ मेगावाट बिजुली सोलार प्लान्टबाट उत्पादन योजना छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल जलविद्युतमा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट जरुरी रहेको बताए ।

पुनले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन प्राधिकरणलाई निर्देशन दिएका छन् । यस्तै, पर्यटनमन्त्री योगेश भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सके अन्तर्राष्ट्रिय रूपमै राम्रो सन्देश जाने बताए ।

सोलारका लागि विमानस्थल निर्माणमा लगानी गरिरहेको एसियाली विकास बैंक (एडीबी) ले सहायता उपलब्ध गराउने
छ ।

शुक्रबार ऊर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, मन्त्रालयका निमित्त सचिव प्रविण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी उपस्थित थिए ।

Your Opnion

//