बेलायतमा कार्यरत नेपाली इन्जिनियरले जितिन्, ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Others

बेलायतमा कार्यरत नेपाली इन्जिनियरले जितिन्, ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’

  • इन्जिनियर्स पोस्टOctober 16, 2020

 

बेलायतको लिड्समा कार्यरत एक युवा नेपाली इन्जिनियर सेलिना राईले १५ सय पाउण्ड पुरस्कारसहित ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ जितेकी छन् ।

अवार्डका लागि विभिन्न समूहबाट फाइनलमा छनोट भएका प्रतिस्पर्धी इन्जिनियरहरूमध्ये उनी उत्कृष्ट हुँदै अवार्ड हात पारेकी हुन् । बेलायतसहित संसारभरीका इन्जिनियरहरू आबद्ध हुने एक संस्था ‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ ‘आइसीई’ ले राईलाई अवार्ड प्रदान गरेको हो ।

प्रारम्भिक चरणको प्रतिस्पर्धामा संसारभरीका सैयौं इन्जिनियरहरूले आफ्नो प्रतिवेदको नमुना पठाएका थिए । तीमध्ये उत्कृष्ट ४ फाइनलिस्टहरूले पूरा प्रतिवेदन प्रस्तुत गरे । त्यसको मूल्यांकनपछि राई विजेता बनेकी हुन् ।

उनी बेलायतमा एक ‘स्ट्रक्चरल इन्जिनियर’ का रूपमा कार्यरत छन् । आफूले आर्जन गरेको ज्ञान र सीपलाई तिखार्न यो अवार्ड प्रतिस्पर्धाले महत्वपूर्ण भूमिका खेलेको उनले बताएकी छन् ।

हालसालै पढाइ पूरा गरी काम सुरु गरेका, पढाइ गर्दै गरेका र ट्रेनी इन्जिनियरहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्ट एकलाई हरेक वर्ष यो अवार्ड दिने गरिन्छ । यस वर्ष कोभिड–१९ का कारण सम्पूर्ण प्रतिस्पर्धा भर्चुअल रूपमा गराइएको थियो ।

Your Opnion

//