उदयपुरको चौदण्डीगढी नगरपालिका शिवाई बेल्हा जोड्ने त्रियुगा नदीमा पुल नबन्दा स्थानिय निरासा - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

उदयपुरको चौदण्डीगढी नगरपालिका शिवाई बेल्हा जोड्ने त्रियुगा नदीमा पुल नबन्दा स्थानिय निरासा

उदयपुर/ २७ फागुन । उदयपुरको चौदण्डीगढी नगरपालिका पाँच शिवाई बेल्हा जोड्ने त्रियुगा नदीको मोटरेवल पुल पुन: निर्माण नहुँदा स्थानीयहरू निराश हुन थालेका छन् ।

२०६७ सालमा शिलान्यास भएर १२ वर्षपछि सम्पन्न हुन पुल सोही नदीमा आएको बाढीले १९ असार २०७८ मा पुल बगाएर अलपत्र भएपछि अहिलेसम्म उक्त पुन: निर्माण नहुँदा स्थानीयहरू निराश हुन थालेका हुन् । शनिबार उदयपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डा। नारायण खड्का शिवाईस्थित भत्किएको पुलमा पुलचोक इन्जिनियरिङका इन्जिनियर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तसहितको टोली लिएर पुगेका थिए । तर, उनले पनि तत्काल पुल बन्न सक्ने अवस्था नरहेको बताए । खड्काले पुलको विषय अख्तियारमा मुद्दा परेको हुँदा तत्कालका लागि बेलिब्रिजबाटै काम चलाउनुपर्ने देखिएको धारणा राखे ।

उदयपुर चौदण्डीगढी नगरपालिका ५ का वडाध्यक्ष तुलसी ढकालले आफूहरू सबै तहसम्म पुग्दासम्म पुल निर्माणको प्रक्रिया सुरु नहुँदा आफूहरू वर्षामा जोखिम मोलेर वरिपरी गर्न बाध्य भएको बताए । उनले पुलको कारण जनप्रतिनिधिहरूको सामाजिक संजालमा नकारात्मक टीकाटिप्पणी हुने गरेको धारणा राखे । आफूहरूले पुल निर्माण गरिदिन सबै तहलाई आग्रह गरेपछि पुल बनाउने विकल्पै रोक्न कर्मचारीले नै अख्तियारमा मुद्दा हालेको उनको भनाइ छ ।

संघीय सांसद खड्काको नेतृत्वमा भत्किएको पुलमा पुगेको टोलीमा पुलचोक इन्जिनियरिङ कलेजका इन्जिनियर समेत रहेका थिए । इन्जिनियर राजन सुवालले पिलको भागको माटो कमजोर रहेको र पानीको बहावले मोटो खोल्दै गएपछि पुल भासिएर क्षति पुगेको बताए ।

पुल समयमा नबन्दा सर्पदंशलगायतका बिरामीहरूलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएकाले तत्काल पुल निर्माण सम्पन्न गरिदिन स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतको प्रतिनिधिमण्डलले पटक पटक संघीय सरकारसँग माग गरेका थिए । पुलको अवलोकन गर्न पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा। सुमित्रा श्रेष्ठ अमात्यले सबै विकल्पका विषयमा बसेर छलफल गर्ने भन्दै तत्काल स्थानीय स्तरबाट कुनै काम नहुने भन्दै पुल राज्यले नै बनाउने बताइन् ।

शिवाई बेल्हा जोड्ने यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई(मधेशसँग जोड्ने गर्दछ । साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ । तर, पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ-जाउ गर्न समस्या भएको छ ।

Your Opnion

//