नारायणगढ-मुग्लिन सडकखण्डको पहाड काट्ने काम अन्तिम चरणमा - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

नारायणगढ-मुग्लिन सडकखण्डको पहाड काट्ने काम अन्तिम चरणमा

फाइल तस्बिर

काठमाडौं/ ९ फागुन । नारायणगढ-मुग्लिन सडकखण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकखण्डमा मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइरहेको छ । उक्त खण्डमा करिब ६० मिटर पहाड रहेकोमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटरमध्ये २७ मिटर पहाड काटिसकेको इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए ।

उक्त सडकखण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भइसकेको छ । अब एउटा पुल बनाउन बाँकी रहेको उनले बताए ।

पहाड काट्नको लागि फागुन १२ गतेसम्म समय दिइएको छ । उक्त सडकखण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक वर्षसम्ममा पुलको स्ल्याब ढलान गर्ने लक्ष्य रहेको आचार्यले बताए ।

Your Opnion

//