विमानस्थल नागरिक उड्डयन कार्यालयले भन्यो : सीसीटिभि स्टोरेज २१ दिन हुनुमा बजेट अभाव - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

विमानस्थल नागरिक उड्डयन कार्यालयले भन्यो : सीसीटिभि स्टोरेज २१ दिन हुनुमा बजेट अभाव

  • इन्जिनियर्स पोष्ट न्यूज डेस्कDecember 27, 2023
फाइल तस्वीर

 

काठमाडौँ  / ११ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सीसीटिभिको स्टोरेज २१ दिन मात्र हुनुमा बजेट अभाव भएको कारण देखाएको छ ।

महाप्रबन्धक प्रताप बाबु तिवारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै सिसिटिभी स्टोरेज तीन महिनाको बनाउन बजेट माग गरिएको तर तत्कालीन समयमा कोभिड-१९ का कारण अन्य प्राथमिक क्षेत्रमा खर्च गर्नुपरेको र जसका कारण बजेट प्राप्त नभएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सिसिटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड-१९ का कारण बजेट अभाव भई अरू प्राथमिक क्षेत्रमा बजेट व्यवस्था गर्नुपर्ने भएकोले बजेट उपलब्ध हुन सकेन’, विज्ञप्तिमा जनाइएको छ ।

तथापी २०८० असोज २७ गते बाट भने विमानस्थलका विभिन्न क्षेत्रमा गरी जडित ५०० वटा सिसिटिभीको स्टोरेज तीन महिना बनाउन लागिएको र यसै वर्षभित्र सम्पन्न हुने उनले बताएका छन् ।

विमानस्थलको सिसिटिभीको स्टोरेज क्षमता २१ दिनमात्रै भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उड्डयन कार्यालयले अहिलेसम्म केही सिसिटिभीको स्टोरेज २१ दिन, केहीको ६१ दिन भइसकेको र अन्यको पनि क्रमश: बढाइँदै लगिने जनाएको छ ।

Your Opnion

//