इन्जिनियरिङ्ग सेवाका विभिन्न तहमा योग्य पदका लागि लोकसेवाले माग्यो आवेदन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

इन्जिनियरिङ्ग सेवाका विभिन्न तहमा योग्य पदका लागि लोकसेवाले माग्यो आवेदन

  • इन्जिनियर्स पोष्ट सम्वाददाताJuly 26, 2023

काठमाडौँ / १० साउन । लोकसेवा आयोग गण्डकी प्रदेशले इन्जिनियरिङ्ग सेवा तर्फको विभिन्न समूह, उपसमूह, सातौं तहका पदहरुको अन्तर तह गरी खुल्ला तथा समावेशि प्रतियोगितात्मक परिक्षाको विज्ञापन गरेको छ ।

प्रदेश इन्जिनियरिङ्ग सेवाका इन्जिनियरिङ्ग सिभिल, जनरल, स्यानिटरी, इरिगेशन लगायतका खुल्ला, महिला, दलित तथा अन्तरतह गरेर जम्मा ४२ पदका लागि लोकसेवा आयोगले विज्ञापन गरेको हो । न्युनतम योग्यता पुगेका उम्मेद्वारहरुले लोकसेवा आयोगको तोकिएको ढाँचामा अनलाईन(Online) मार्फत दर्खास्त दिन सकिने सूचनामा जनाईएको छ ।

प्रतियोगितात्मक परिक्षाबाट उतिर्ण हुने उम्मेद्वारलाई प्राथमिकता क्रम अनुसार नियुक्तिका लागि सिफारिस गरिने आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

Your Opnion

//