मेयर बालेन विरुद्ध अदालतमा रिट दायर - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मेयर बालेन विरुद्ध अदालतमा रिट दायर

तस्विर: मेयर बालेन साहको फेसबुक पेजबाट

असार ९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विरूद्ध अदालतमा रिट दायर भएको छ । अदालतको अवहेलना गरेको आरोप लगाउँदै अधिवक्ता वर्षा कुमारी झाले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।

यसअघि उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकामा हिन्दी फिल्म रोक्ने बालेनको निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै फिल्म निर्वाध चल्न दिन आदेश गरेको थियो ।

अदालतको आदेश आएपछि बालेनले आक्रोशित हुँदै राष्ट्रिय स्वाधिनताका लागि अदालतलाई पनि नमान्ने र फिल्म चल्न नदिने अभिव्यक्ति दिएका थिए । मेयर बालेनको आक्रोसमिश्रृत अदालप्रतिको टिप्पणीपछि सर्वत्र समर्थन र आलोचनाको दुवैथरि आवाज उठेका छन् । अहिले सामाजिक सञ्जालमा बालेनका अभिव्यक्तिलाई लिएर नागरिकहरु विरक्त भएका छन् । कोहीले उनको कदमको समर्थन गरेका छन् भने कोहीले विरोध । समग्रमा बालेन अहिले सामाजिक सञ्जालमय बनेका छन् ।

हिन्दी फिल्म आदिपुरुषमा सीता भारतमै जन्मिएको भन्ने डायलगलाई लिएर उनले “अदालत र सरकार भारतको गुलाम भएको”बताएका थिए । राजधानी काठ्माण्डौ लगायत देशका अन्य शहरका फिल्महलहरुमा आदिपुरुष फिल्म चलिरहेको थियो । तर बालेनले काठ्माण्डौका फिल्म हलहरुमा आदिपुरुष चल्न रोक लागाउन निर्देशन दिएपछि अदालतमा मुद्दाका सिलसिला चलेको छ ।

कतिपयले त मेयर बालेनलाई राष्ट्रिय स्वाधिनताको लडाईंमा उनको कदम जङ्गबहादूर राणासँग पनि तुलना गर्न भ्याएका छन् । बहुमत जनताले बालेनको कदमलाई समर्थन जनाएमा छन् ।

Your Opnion

//