तनहुँका पाँच पुल यसै आर्थिक वर्षमा सम्पन्न हुने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

तनहुँका पाँच पुल यसै आर्थिक वर्षमा सम्पन्न हुने

काठमाडौं-    तनहुँमा निर्माणधीन तेह्र वटामध्ये पाँच वटा पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । बाँकी रहेका आठ पुलको बोलपत्र पश्चात निर्माणकार्य अघि बढाइएको पूर्वाधार विकास कार्यालय इकाई कार्यालय तनहुँले जनाएको छ ।

शालिकराम करिडर अन्तर्गत ऋषिङ गाउँपालिका–४ र ५ जोड्ने ज्वालाखोला पुल, ऋषिङगाउँपालिका–५ लुक्दी खोला पुल, घिरिङ गाउँपालिका–४को तिरमदी खोला पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

त्यसैगरी घिरिङ गाउँपालिका–१ पुट्टार द्रौपद पुल, भीमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदी खोलामा निर्माणधीन अवस्थामा रहेको पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । बोलपत्र भएका आठ वटा पुलको तीन वर्षको ठेक्का म्याद रहेकाले यसैवर्ष सम्झौता गरी निर्माणको चरणमा रहेको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर घिमिरेले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय इकाई कार्यालय तनहुँमार्फत निर्माणधीन अवस्थामा रहेका पाँच वटा सडकको म्याद थप गरी निर्माणकार्य अघि बढाइएको उनले बताए । कोरोनाका कारण पटक–पटक निर्माण कार्य अवरुद्ध हुँदा समयअवधिभित्र सम्पन्न गर्न नसकेका सडकको म्याद थप गरिएको हो ।

आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको कार्यालयका ‘साइट इन्चार्ज’ होमनाथ गौतमले जानकारी दिए । उनका अनुसार जिल्लाको दुलेगौँडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर– डेढगाउँ मोटर मार्ग फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरीमा आगामी असोजसम्म म्याद थप गर्न लागिका मन्त्रालयमा पठाइएको छ ।

त्यसैगरी दासढुङ्गा– देउपुर सडक आगामी असारसम्म म्याद थपको लागि प्रक्रियामा राखिएको सो कार्यालयले जनाएको छ । जिल्लाको देवघाटबाट घिरिङ गाउँपालिका हुँदै केलादीघाट कालीगण्डकी नदीको तिरैतिर स्याङ्जा, पाल्पा जोड्ने गरी शालिकराम करिडरको तीव्रगतिमा काम भइरहेको छ ।

करिब ६८ किलोमिटर सडकमध्ये दासढुङ्गा– देउपुरसम्म छ(६) किमी कालोपत्र भएको छ भने २५ किमी ग्राबेल गरिएको र बाँकी ३७ किमी ग्राबेल गर्न बाँकी रहेको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर घिमिरेले बताए ।

रासस

Your Opnion

//