ईन्जिनियर (वैज्ञानिक) डा.सुरेन्द्र अधिकारी (जोन वाहर अर्ली करियर अवार्ड, एजीयू जियोडेसी सेक्शन- २०२१) बाट सम्मानित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ईन्जिनियर (वैज्ञानिक) डा.सुरेन्द्र अधिकारी (जोन वाहर अर्ली करियर अवार्ड, एजीयू जियोडेसी सेक्शन- २०२१) बाट सम्मानित

  • एस. के. थापाDecember 21, 2021

काठमाडौं-   ईन्जिनियर (वैज्ञानिक) डा. सुरेन्द्र अधिकारीले नेपालदेखि बेल्जियम, क्यानडा र अमेरिकासम्म भूविज्ञानको माध्यमबाट आफ्नो बाटो र अनुभवहरू साझा गर्दै, आफ्नो जीवनलाई छुट्टै आकार दिन थालेका छन् । साँच्चै मान्छेले अन्तरमनदेखि केहि गर्ने चाहाना गर्छ भने ढिलो वा चाँडो उ आफ्नो लक्ष्यमा अवश्य पुग्छ भन्ने कुराको एक पात्र हुन डा. सुरेन्द्र अधिकारी ।

यति बेला उनले संसारमा ठूलो परिणाममा थुप्रिएको हिउँ र त्यो पग्लिने क्रम बढ्दा त्यसले पार्ने असरका बारेमा गरेको अनुसन्धानले निकै चर्चा पाएको छ । उनको अनुसन्धानको निष्कर्षबाट भूमध्य रेखाबाट ३० देखि ६० डिग्री अक्षांस क्षेत्रमा तौलमा आउने परिवर्तनले ध्रुवका दिशा र गतिमा हुने परिवर्तन तथा त्यसले पार्ने प्रभाव रहेको छ । उनले गरेको कामले उत्कृष्टता पाएसँगै वैज्ञानिक समुदायले उनलाई गर्ने र हेर्ने दृष्टिकोणमा पनि निकै फरक परेको छ । नेपालमा, भएको प्रकृति र हिमालयले उनलाई सधैं मोहित बनाएका कारण यो रिसर्चमा उनको रुची बढ्न गएको पनि उनले केहि लेखहरुमा बताएका छन् । नेपालमा छँदा उनले पहिलो पटक चढेको पहाडको उचाइ ५,५०० मिटर रहेको उनको भनाई छ ।

अधिकारीको जन्म नेपालको लमजुँग जिल्लाको राइनास नगरपालिकामा भएको थियो । उनले लमजुँगकै सौभाग्यदय माध्यमिक विद्यालयबाट एसएलसी उतीर्ण गरेका थिए । उनले आईएस्सी काठामाडौंको अमृत साइन्स कलेजबाट गरेका थिए । त्यसैगरी बीई(BE ) , कृषि ईन्जिनियरिङ्, त्रिभुवन विश्वविद्यालय, नेपाल र एमएससी (MSc ), इन्जिनियरिङ् भूविज्ञान, नि:शुल्क विश्वविद्यालय ब्रसेल्स, बेल्जियमबाट (२००७) मा गरे । पीएचडी (Phd. ), भूगोल, क्यालगरी विश्वविद्यालय, क्यानाडाबाट (२०१२)मा गरेका हुन् ।

उनले २०१३/२०१४ मा पोस्टडक्टोरल स्कॉलर (जियोफिजिक्स, क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी ) मा काम गर्ने अवसर पाए । त्यसैगरी २०१५ र २०१६ मा (NASA) पोस्टडक्टोरल कार्यक्रम (NPP) फेलो, जेट प्रोपल्सन प्रयोगशालामा काम पाए भने २०१७ पछि वैज्ञानिक, जेट प्रोपल्सन प्रयोगशालामा काम पाएका थिए ।

पछि गएर पृथ्वी प्रणाली (Earth System ) जसमा हिउँ, समुदी सतह , ठोस पृथ्वी र अन्तरिक्ष भूगर्भसँग सम्वन्धित कुरामा उनको रुची बढ्दै गएको पाइन्छ । जसको फलस्वरुप उनी धेरै किसिमका अवार्डबाट सम्मानित पनि भएका छन् । उनलाई २०१० देखि २०२१ सम्म निन्तररुपमा अवार्ड प्राप्त गर्ने अवसर बनिरह्यो ।

उनले हालसम्म प्राप्त गरेका अवार्डहरु यसप्रकार रहेका छन् :
– उत्कृष्ट डक्टरेट विद्यार्थी प्रस्तुति पुरस्कार, क्यालगरी विश्वविद्यालय,              क्यानाडा (२०१०)
Syvitski विद्यार्थी मोडेलर पुरस्कार, कोलोराडो बोल्डर विश्वविद्यालय,     संयुक्त राज्य अमेरिका (२०१३)
NASA पोस्टडक्टोरल कार्यक्रम फेलोशिप (२०१४)
JPL उत्कृष्ट पोस्टडक्टोरल अनुसन्धान पुरस्कार (२०१६)
ISSM (२०१९) को लागि NASA समूह उपलब्धि पुरस्कार ।
NASA प्रारम्भिक करियर सार्वजनिक उपलब्धि पदक (२०१९)
–  चार्ल्स इलाची पुरस्कार (२०२०)
–  जोन वाहर अर्ली करियर अवार्ड ( John Wahr Early Career Award-  AGU Geodesy Section -2021) , एजीयू जियोडेसी सेक्शन (२०२१)

 

 

 

एजेन्सीको सहयोगमा

Your Opnion

//