अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफान, मिल्टन नाम दिइएको तुफानले ठूलो त्रास फैलियो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफान, मिल्टन नाम दिइएको तुफानले ठूलो त्रास फैलियो

तस्बिर बीबीसी

काठमाडौं/ n२३ असोज । अमेरिकाको फ्लोरिडा क्षेत्रमा शक्तिशाली तुफान आएको छ । मिल्टन नाम दिइएको तुफानले उक्त क्षेत्रमा ठूलो त्रास फैलिएको छ ।

तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम-दक्षिणपश्चिममा रहेको बताइएको छ । यो तुफान १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको बीबीसीले जनाएको छ ।

तुफान फ्लोरिडास्थित टाम्पा क्षेत्रतर्फ अगाडि बढ्दा थप शक्तिशाली बनेको छ ।

यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको स्थानीयले बताएका छन् । फ्लोरिडामा आपतकाल घोषणा गर्न राष्ट्रपति कार्यालयले अनुमति दिइसकेको छ ।

शताब्दीकै शक्तिशाली तुफान भएको हुनसक्ने अनुमान बताइएको बीबीसीले जनाएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय गरी १ हजार ५०० हवाई उडान रद्द गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । उनले जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् ।

Your Opnion

//