करारमा इन्जिनियर पदपूर्ति नगर्न इन्जिनियर एशोसिएसन लुम्बिनीको माग - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

करारमा इन्जिनियर पदपूर्ति नगर्न इन्जिनियर एशोसिएसन लुम्बिनीको माग

फाइल तस्बिर

बुटवल/ ७ असोज । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीले बाँकेको कोहलपुर नगरपालिकालाई इन्जिनियरको पदपूर्ति नगर्न माग गरेको छ ।

लुम्बिनी प्रदेश सभाबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी कानुन बनिसकेको अवस्थामा स्थानीय तहले करारमा इन्जिनियर पदपूर्ति गर्न नहुने एशोसिएसनको भनाइ छ ।

नगरपालिकाले १७ भदौमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, छैटौं तह, इन्जिनियर पदमा एक जना करार सेवाबाट पदपूर्ति गर्न विज्ञापन गरेको थियो ।

विधेयकमा सातौं तहबाट मात्र इन्जिनियरको सेवा प्रवेश हुने व्यवस्था भएकाले विधेयक प्रमाणीकरणको प्रक्रियामा रहेका बेला विधेयकसंग बाझिने गरी छैटौं तहमा पदपूर्ति गर्न खोज्नु बेठीक भएको एशोसिएसनका प्रदेश सभापति महेश्वर लम्सालले बताए ।

‘छैटौं तहमा पदपूर्ति एशोसिएसनलाई स्वीकार्य छैन, यो तत्काल स्थगित गरी विधेयक प्रमाणित भएपछि सातौं तहमा पदपूर्ति गरिनुपर्छ’, लम्सालले भने, ‘विधेयकमा सातौं तहमा विज्ञापन गर्ने स्पष्ट प्रावधानलाई स्थानीय तहहरुले नजरअन्दाज गर्न मिल्दैन ।’

छैटौं तहबाट सेवा प्रवेश गराउँदा इन्जिनियरमाथि अन्याय हुने एशोसिएसनको भनाइ छ ।

Your Opnion

//