सिभिल इन्जिनियरिङका विद्यार्थीद्वारा इको प्यानलमा दिगो भवन समाधान उपायको खोजि - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

सिभिल इन्जिनियरिङका विद्यार्थीद्वारा इको प्यानलमा दिगो भवन समाधान उपायको खोजि

काठमाडौँ/ ३ असोज । सिभिल इन्जिनियरिङका विद्यार्थीहरूले नेपाल इको प्यानलमा दिगो भवन समाधानका उपायहरू खोजेका छन् ।

भक्तपुर इन्जिनियरिङ कलेजको डिप्लोमा अध्ययनरत विद्यार्थीहरूले दिगो भवन समाधान बारे जान्न नेपाल इको प्यानलको भ्रमण समेत गरेका हुन् । विद्यार्थीहरूलाई नेपाल इको प्यानलका आयोजना प्रबन्धक कृष्णसुन्दर कुम्पाखाले दिगो नेपाल र इको प्यानलको बारेमा अवगत गराएका थिए ।

कुम्पाखाले विद्यार्थीहरूलाई वातावरणमैत्री सामग्रीले कसरी भूकम्प प्रतिरोधात्मक क्षमता बढाउने, ऊर्जा दक्षता सुधार गर्ने र लागत-प्रभावकारी भवन बनाउने समाधानहरूको जानकारी पनि गराएका थिए । भ्रमणले विद्यार्थीलाई आधुनिक पूर्वाधार विकासको लागि व्यवहारिक र दिगो दृष्टिकोणका लागि अमूल्य एक्सपोजर प्राप्त भएको थियो ।

स्टिलबाट बनेका संरचना हल्का, इको प्यानल डिजाइन र बढी समय टिकाउ रहनुको साथै भूकम्प प्रतिरोधी समेत रहेको छ । कुम्पाखाले मास्टरको थिसिस पनि स्टिलबाट बनेका संरचना र इको प्यानल डिजाइनमा गरेका हुन् ।

Your Opnion

//