घोरेपानीबाट हराएका दुई स्पेनीमध्ये एकजनाको शव फेला पर्यो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

घोरेपानीबाट हराएका दुई स्पेनीमध्ये एकजनाको शव फेला पर्यो

फाइल तस्बिर

पोखरा/ १२ भाद्र । अन्नपूर्ण पदमार्गअन्तर्गतको पर्यटकीयस्थल घोरेपानी पदयात्राक्रममा बेपत्ता दुई जना पर्यटकमध्ये एकजनाको शव फेला परेको छ। उनीहरू दुवै स्पेनका नागरिक भएको पाइएको छ।

आइतबार उल्लेरी हुँदै घोरेपानी जानेक्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका-९ तिखेढुंगाबाट स्पेनी नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी हराएका थिए। तीमध्ये पुरुष इरिक कासानोभास मंगलबार मृत फेला परेका हुन्। महिला अझै बेपत्ता छिन्। उनको खोजी जारी छ।

अन्नपूर्ण ९, तिखेढुंगास्थित भुरुङदी खोलाको पुल नजिकै बटुवाले पर्यटकका दुई झोला, मोबाइल, टोपी, टिसर्टलगायत कपडा एवं टेकिङका सामान देखेपछि स्थानीयलाई खबर गरेका थिए।

उनीहरूको २ दिनसम्म खोजीकार्य भएकोमा नभेटिएपछि मौजा खोलामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको थियो। टोलीले झोलासहितको सामान भेटिएको स्थानभन्दा करिब डेढ किमी तल पुरुषको शव फेला पारेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए।

उनीहरूले आइतबार वीरेठाँटीमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोस्टमा घोरेपानी जान लागेको भनी नाम दर्ता गराएको वीरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले जानकारी दिए।

Your Opnion

//