पूर्वी नाइजेरियामा एकजना चिकित्सकहसति २० जना मेडिकलका विद्यार्थी अपहरित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पूर्वी नाइजेरियामा एकजना चिकित्सकहसति २० जना मेडिकलका विद्यार्थी अपहरित

काठमाडौं/ २ भाद्र । पूर्वी नाइजेरियामा एकजना चिकित्सकहसति २० जना मेडिकलका विद्यार्थी अपहरणमा परेका छन्। वार्षिक अधिवेशनमा जाँदै गरेका उनीहरू अपहरणमा परेको प्रहरी र विश्वविद्यालय स्रोतले जनाएको छ।

क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासङ्घले शनिवार जारी गरेको विज्ञप्तिमा विहीवार साँझ विद्यार्थीहरू एनुगु शहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा एकजना डाक्टरसहित २० जना विद्यार्थी अपहरणमा परेको बताएको छ। उनीहरुको रिहाइको बदलामा फिरौती माग गरिएको छ।’

नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो। एएफपी/रासस

Your Opnion

//