भदौ ११ देखि १३० स्टलमार्फत नाडा अटो शो हुँदै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

भदौ ११ देखि १३० स्टलमार्फत नाडा अटो शो हुँदै

काठमाडौं/ ३० साउन । काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ ११ देखि १६ गतेसम्म नाडा अटो शो हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाडा अटो मोबाइल्स एसोसिएसनले अटो शोबारे जानकारी दिएको हो ।

नाडा अटो शोले नेपालका अटोमोबाइल क्षेत्रका महत्त्वपूर्ण खेलाडीहरू र हजारौँ आगन्तुकहरूलाई प्रत्येक वर्ष आकर्षित गर्दै आएको छ ।

यस वर्षको प्रदर्शनीमा २४ चारपांग्रे बान्डहरू, १९ दुईपांग्रे ब्रान्ड र १२ हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड प्रदर्शन गरिनेछन् ।

साथै, ३३ कम्पनी जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र सात वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् ।

शोमा ९५ प्रदर्शक सहभागी हुनेछन् । जसले १३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन् ।

Your Opnion

//