संरक्षणको पर्खाइमा बाँकेको ‘सुतैया ताल’ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

संरक्षणको पर्खाइमा बाँकेको ‘सुतैया ताल’

बाँके/ ३० साउन । बाँकेको बैजनाथ गाउँपालिका-३ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘सुतैया ताल’ ओझेलमा छ। बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले रमणीय र मनमोहक भए पनि आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको हो।

प्रायः हिउँदमा निकुञ्ज क्षेत्रमा वन्यजन्तुहरू यहाँ पानी पिउन आउने गरेका छन्। यसरी पानी पिउन आएका वन्यजन्तुलाई घरआँगनबाट नै हेर्न पाइने भएकाले सो समय अत्यन्त मनमोहक हुने स्थानीय बताउँछन्।

स्थानीय रामबहादुर थापाले निकुञ्जबाट ‘सुतैया ताल’मा पानी पिउन आउने वन्यजन्तु हेर्न पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गए पनि प्रचारप्रसारको अभावमा सो स‌ंख्यामा उल्लेख्य वृद्धि हुन नसकेको बताए।

बाँकेको कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा पर्ने रत्न राजमार्गको छेउमा अवस्थित यस ताललाई स्थानीय बासिन्दाले विगत एक दशकदेखि निरन्तर रूपले संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन्। ‘देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह’ मार्फत स्थानीयले तालको संरक्षण, सम्वर्द्धन गर्दै आएका वन समूहका पूर्वअध्यक्ष महेन्द्र थारुले बताए। ‘ताललाई वरिपरि घनाजंगलले घेरेको हुनाले वन्यजन्तुका लागि पानी पिउन उपयुक्त स्थान बन्न पुगेको छ, यहाँ विशेष गरी पाटेबाघ, चित्तल, बँदेललगायत वन्यजन्तु यहाँ आउने गर्दछन्,’ उनले दाबी गरे।

ताल संरक्षणसँगै आम्दानी बढाउने पर्यटकीय गतिविधि गर्न सकिने सम्भावना भए पनि स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोतसाधन अभावका कारण तालमा पर्यटकीय गतिविधि बढाउन नसकेको उनको भनाइ छ। ‘ताल अवलोकन गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गर्छन् तर यहाँ पर्यटकलाई बसाउने र खुवाउने पूर्वाधार बन्न सकेका छैनन्। त्यसैले संक्षरणका लागि राज्यले ध्यान नदिँदा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तालको सौन्दर्य नै ओझेलमा परिरहेको छ,’ उनले भने।

यहाँ ताल संरक्षण र पर्यटन पूर्वाधार विकासका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने स्थानीयको माग छ। उक्त ताल बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको ऐनरकानुन पनि पर्यटकीय पूर्वाधार निर्माणमा बाधक बनिरहेकोले कानुनी जटिलता हटार यहाँ पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनुपर्ने पश्चिम पर्यटन सरोकार समूहका संस्थापक अध्यक्ष रामबहादुर मल्लको धारणा छ।

‘सुतैया तालको सम्भावना पर्यटकीय क्षेत्रका लागि अत्यन्तै राम्रो छ तर यहाँ निकुञ्जको ऐनरनियम बाधक छ,’ उनी भन्छन्, ‘नेपाल सरकारले आवश्यक समन्वय गरी कानुनी गाँठा फुकाएर पूर्वाधार विकासमा जोड दिनसके तालले आन्तरिक पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा योगदान गर्ने सम्भावना छ।’

तालसँगै यहाँका स्थानीयलाई रोजगारसँग जोडेर होमस्टे, बोटिङ जस्ता पूर्वाधार सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन सकिने उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ निर्माण गरेर ताललाई पर्यटनसँग जोड्ने कामको सुरुआत गरिएको बताए। ‘हामीले तालको डीपीआर तयार गरिसकेका छौँ, स्थानीय सरकारसँग सीमित बजेट हुने भएकाले चाहेर पनि धेरै काम गर्न नसकिने अवस्था छैन। त्यसैले संद्द र प्रदेश सरकारले बजेट विनियोजन गरेर पर्यटकीय क्षेत्रका रूपमा यसलाई विकास गर्नुपर्छ,’ उनले भने।

यो ताल करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको छ।

Your Opnion

//