शनिवार सौगात/ रानी पोखरीदेखि कालिसम्म - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

शनिवार सौगात/ रानी पोखरीदेखि कालिसम्म

  • डा. उषा अमात्य श्रेष्ठ August 10, 2024
काव्य श्रष्टा डा. उषा अमात्य श्रेष्ठ

रानी पोखरी दुःख विसाउने बनाउने मल्ल प्रतापलाई
के थाहा भोलि थकित जीवन ठाउँ बन्न पुगिन्छ भनेर
भात्री विहिनहरुको बह बिसाउन मध्य भागको शिव मन्दिर
साक्षी बिफल जीवनको अढेस झ्वाम्लाङग हुन्छ भनेर

एसियाको ठूलो भनिएको त्यो टुंडिखेल लम्चिलो चउर
खन्ड-खन्डमा बिभक्त अंशवन्डा र कंक्रिट जंगल बन्छ भनेर
वातावरणमा व्यापार तीर्थजलमा मलमूत्र जूठयान पानीको अम्बार
खुम्चियो खुम्चियो झन मनै खुम्चियो मन जंगल क़ंक्रिटको देखेर यो कान्तिपुर

आफन्तलाई भेट्न जाँदा पराया परायैको घेराउमा पाउँदा पुगें लाग्छ दूर दूर
घर भित्रको भयो लुते कुकूर घर बाहिरका आइ च्यात्छन यहाँ शान्ति च्यार्र चूर
सिमा मिचिइन्छ टुलु टुलु हेरिन्छ कोठामा झ्यालबाट पस्दछ मृत्युको मोतिचूर
नदीको मुहानीमा शक्तिको छेलो खेलो हुन्छ चुप लाग्दछ सरकार बहादुर !!!

मीनभवन / नयाँ वानेश्वर

Your Opnion

//