उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा. बागचन्द सिफारिस - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा. बागचन्द सिफारिस

काठमाडौँ/ २६ साउन । न्यायाधीश डा. रत्नबहादुर बागचन्द मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन्। न्याय परिषद्को हिजो (शुक्रबार) बसेको बैठकले उच्च अदालत पोखराको मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो।

उनी उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा न्यायाधीश थिए। अब उनी पोखरामा पदस्थापन हुनेछन्।

यस्तै बैठकले उच्च अदालत पोखराका न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सरुवा सिफारिस गरेको छ। उनी राजश्व न्यायाधीकरण पोखराका कानुन सदस्य एवं अध्यक्ष पनि थिए। उनको सट्टामा अब न्यायाधीश सुदर्शनराज पाण्डेलाई न्यायाधीकरणको कानुन सदस्य एवं अध्यक्ष तोकिने भएको छ।

साथै ३५ जिल्लामा न्यायाधीश पदमा नियुक्ति सिफारिस गरिएको छ। २१ जिल्ला न्यायाधीशको सरुवा पनि सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ।

 

Your Opnion

//