बंगलादेशमा डा. युनुस नेतृत्वमा १७ सदस्यीय अन्तरिम सरकार गठन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

बंगलादेशमा डा. युनुस नेतृत्वमा १७ सदस्यीय अन्तरिम सरकार गठन

फाइल तस्बिर

काठमाडौं/ २५ साउन । बंगलादेशमा शेख हसिना नेतृत्वको सरकारको पतनपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका सदस्यहरूले शपथ लिएका छन् । बिहीबार राति उनीहरूले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

नवगठित सरकार १७ सदस्यीय हुने छ । यहाँ अन्तरिम सरकारमा सहभागी सदस्यहरूबारे संक्षिप्त विवरण प्रस्तुत गरिएको छ ।

डा. मोहम्मद युनुस

 प्रोफेसर मुहम्मद युनुस ‘ग्रामीण बैंक’का संस्थापक हुन् । ग्रामीण बैंकको स्थापना, लघुकर्जा र लघुवित्तको अवधारणालाई मार्गनिदेशन गरेकोमा युनुसलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

उनले सन् १९९८ देखि २०२१ सम्म संयुक्त राष्ट्र संघको उद्देश्यलाई समर्थन गर्ने सार्वजनिक परोपकारी संस्था संयुक्त राष्ट्र फाउन्डेसनको बोर्ड अफ डाइरेक्टरका रूपमा काम गरे ।

युनुसले अमेरिकालगायत अन्य धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।

डा. सलेहुद्दीन अहमद

डा. सालेहुद्दीन अहमदले मे १, २००५ देखि अप्रिल ३०, २००९ सम्म बंगलादेश बैंकको ९औँ गभर्नरको रूपमा काम गरेका थिए । आफ्नो कार्यकालमा उनले बैंकिङ क्षेत्रमा अनुशासन प्रवर्द्धन गर्न र केन्द्रीय बैंकको कार्यसञ्चालनलाई आधुनिकीकरण गर्ने उद्देश्यले सुधारका काम गरे ।

डा. अहमदले सन् १९७० मा ढाका विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापकको रूपमा आफ्नो करिअर सुरु गरेका थिए । त्यसपछि, उनी १९७१ मा तत्कालीन पाकिस्तानको निजामती सेवामा प्रवेश गरे । तर, १९७२ मा उनी फर्किएर ढाका विश्वविद्यालयमा लेक्चररको रूपमा काम गरे ।

वर्षौंसम्म उनले बंगलादेशको प्रशासनमा विभिन्न पदमा रहेर काम गरे ।

सखावत हुसेन

एम सखावत हुसेन बंगलादेशका पूर्व निर्वाचन आयुक्त (२००७–२०१२) हुन् । उनी बंगलादेश सेनामा ब्रिगेडर जनरल (निवृत्त) थिए । उनले ३२ भन्दा धेरै पुस्तक लेखेका छन् । उनी सुरक्षा र रक्षा विश्लेषकको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा टिप्पणीकारको रूपमा चिनिन्छन् ।

उनले बंगलादेशको सबैभन्दा ठूलो वाणिज्य बैंक सोनाली बैंकको सञ्चालक समितिमा दुई वर्ष सेवा गरे । उनले जर्मनीमा नाटो अभ्यासमा भाग पनि लिएका थिए । उनले राइनमा बेलायती सेनासँगको सैन्य अभ्यासमा भाग लिने बंगलादेशी सैन्य प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

डा. मोहम्मद नजरुल इस्लाम ९आसिफ नजरुल०

आसिफ नजरुल कानुनका प्राध्यापक हुन् । उनी अनुसन्धानकर्ता र नागरिक समाजका सदस्य पनि हुन् । उनले संवैधानिक, अन्तर्राष्ट्रिय कानुनी मुद्दाहरूमा धेरै पुस्तक र शोधपत्र लेखेका छन् ।

उनले संवैधानिक सुधार, निर्वाचन र सुशासनका विषयमा अमेरिका, युरोप र दक्षिण एसियामा भएका सम्मेलनहरूमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनी सन् २०११–१७ सम्म दक्षिण एसियाली मानव अधिकारको ब्युरो सदस्य थिए ।

आदिलुर रहमान खान

आदिलुर रहमान खान एक मानव अधिकारवादी हुन् । उनी ‘ओधिकार’ नामक मानव अधिकार संस्थाका संस्थापक हुन् । उनी वकिल र बंगलादेशका पूर्व नायव महान्यायाधिवक्ता पनि हुन् । अक्टोबर २०२२ देखि उनी मानव अधिकारका लागि अन्तर्राष्ट्रिय महासंघ (एफआईडीएच) को महासचिवमध्ये एक हुन् ।

उनले ढाका विश्वविद्यालयमा कानुनको अध्ययन गरेका थिए । उनी लेफ्टिनेन्ट जनरल हुसेन मोहम्मद एरशादविरुद्धको लोकतान्त्रिक आन्दोलनमा सहभाथी थिए । उनले ढाका विश्वविद्यालय र भ्रिजे युनिभर्सिटी ब्रसेलबाट कानुनमा स्नातकोत्तर गरेका छन् ।

एएफ हसन आरिफ

एएफ हसन आरिफ बंगलादेशको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता हुन् । उनी सन् १९७० देखि कानुनको अभ्यास गर्दै आएका छन् ।

उनले अक्टोबर २००१ देखि अप्रिल २००५ सम्म बंगलादेशका लागि महान्यायाधिवक्ताको पद सम्हाले । उनी जनवरी २००८ देखि जनवरी २००९ सम्म बंगलादेशको कामचलाउ सरकारको कानुनी सल्लाहकार थिए ।

उनी सन् १९६७ मा भारतको पश्चिम बंगालको कलकत्ता उच्च अदालतमा अधिवक्ताको रूपमा प्रवेश गरेका थिए ।

मोहम्मद तौहिद हुसेन

मोहम्मद तौहिद हुसेन बंगलादेशका पूर्व विदेश सचिव हुन् । उनी दक्षिण अफ्रिकाका लागि बंगलादेशका पूर्व उच्चायुक्त पनि हुन् ।

उनी सन् १९८१ मा बंगलादेशको विदेश सेवामा प्रवेश गरेका थिए । जनवरी १९९९ देखि फेब्रुअरी २००० सम्म हुसेनले विदेश सेवा एकेडेमीको प्रिन्सिपलको रूपमा सेवा गरे ।

१७ डिसेम्बर २००६ देखि ८ जुलाई २००९ सम्म हुसेन बंगलादेशको विदेश सचिव थिए ।

सैयदा रिजवाना हसन

सैयदा रिजवाना हसन बंगलादेश पर्यावरण वकिल संघ (बेला)को प्रमुख कार्यकारी हुन् । उनी अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)को सदस्य पनि हुन् ।

उनी विकास र वातावरणीय अर्थशास्त्रका लागि दक्षिण एसियाली नेटवर्कको बोर्डकी सदस्य पनि हुन् ।

सुप्रदीप चकमा

सुप्रदीप चकमा चटगाउँ पहाडी क्षेत्र विकास बोर्डका अध्यक्ष हुन् । उनले यसअघि भियतनाम र मेक्सिकोका लागि बंगलादेशका राजदूतका रूपमा काम गरेका थिए ।

बीसीएस १९८५ ब्याचको विदेश क्याडरको रूपमा उनले रबातमा रहेको बंगलादेशी दूतावास, कोलम्बोमा बंगलादेश उच्चायोग, ब्रसेल्सस्थित बंगलादेशी दूतावास र अंकारामा रहेको बंगलादेशी दूतावासमा विभिन्न पदमा पनि काम गरेका थिए ।

फरिदा अख्तर

फरिदा अख्तरले कृषि, समुद्री मत्स्यपालन, जनसंख्या र विकासका विषयमा धेरै अनुसन्धान गरेकी छन् ।

उनले स्थापना गरेको एक संस्थाले तीन लाखभन्दा धेरै किसान परिवारलाई समेटेर जैविक विविधतामा आधारित खेती प्रणाली चलाउँछ ।

उनी धेरै पुस्तक पनि लेखेकी छन् । उनी राष्ट्रिय दैनिकमा नियमित स्तम्भकार पनि हुन् । उनले जैविक विविधता, वातावरण, महिला सशक्तीकरकणसहित विविध विषयमा कलम चलाउँछिन् ।

विधान रञ्जन रोय

प्रोफेसर विधान रञ्जन रोय पोद्दार बंगलादेशको मनोविज्ञान विशेषज्ञ हुन् । उनी नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड हस्पिटलमा मनोचिकित्सा विभागका काम गर्छन् ।

शर्मीन मुर्शिद

 शर्मीन मुर्शिद मानव अधिकार संगठन ‘ब्रोती’की प्रमुख कार्यकारी अधिकृत हुन् । २००१ देखि उनको संस्थाले सीमान्तकृत समूदाय (विशेष गरी आदिवासी जनजाति)हरूको अधिकारका लागि काम गर्दै आएको छ ।

एएफएम खालिद हुसेन

अबुल फैज मुहम्मद खालिद हुसेन ुडा। एएफएम खालिद हुसेनु भनेर चिनिन्छन् । उनी एक बंगलादेशी इस्लामिक विद्वान, शिक्षक, लेखक, शोधकर्ता, सम्पादक, अन्तर्राष्ट्रिय इस्लामिक वक्ता र समाज सुधारक हुन् ।

उनी हेफाजत–ए–इस्लाम बंगलादेशका पूर्व उपाध्यक्ष, इस्लामी आन्दोलन बंगलादेशका शिक्षा सल्लाहकार, अत–तौहीद मासिक पत्रिकाका सम्पादक र बालाग अल–शर्कका सहायक सम्पादक हुन् ।

उनी उमरगानी एमईएस कलेजमा इस्लामिक इतिहास र संस्कृति विभागका प्राध्यापक र प्रमुख थिए । उनी निजाम–ए–इस्लाम पार्टीको विद्यार्थी संगठन इस्लामिक विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष थिए ।

फारुक–ए–आजम

नौसेना कमान्डो फारुक–ए–आजम एक स्वतन्त्रता सेनानी हुन् । उनलाई ‘वीर प्रतीक’ प्रदान गरिएको थियो । सन् १९७१ मा मुक्ति संग्रामको सुरुवातमा उनले हाई स्कुल पास गरे । ‘अपरेसन ज्याकपोट’ मुक्ति संग्रामको एकमात्र समन्वयन गरेर गरिएको अपरेसन थियो । उनी चटगाउँ बन्दरगाहमा आक्रमण गर्न गठित टोलीका डेपुटी कमान्डर थिए ।

नूरजहाँ बेगम

नूरजहाँ बेगम ग्रामीण बैंकको स्थापनाकालमा प्राध्यापक मुहम्मद युनुसका प्रारम्भिक सहयोगी थिइन् । बैंकका संस्थापक प्राध्यापक युनुसले बैंक छाडेलगत्तै उनले २०११ मा ग्रामीण बैंकको कार्यवाहक प्रबन्ध निर्देशकको रूपमा काम गरिन् । उनले ग्रामीण बैंकको प्रशासन, तालिम र अन्तर्राष्ट्रिय कार्यक्रमहरूको महाप्रबन्धकको रूपमा एक दशकभन्दा बढी समय सेवा गरिन् । उनले बैंकको केन्द्रीय प्रशिक्षण संस्थानको प्रिन्सिपलको रूपमा सेवा गरिन् ।

उनले विश्वभरका माइक्रोक्रेडिट कार्यक्रमहरूको सल्लाहकार, प्रशिक्षक र मूल्यांकनकर्ताको रूपमा पनि काम गरेकी छिन् । नूजहाँले ग्रामीण फाउन्डेसनबाट ‘सुसान एम डेभिस लाइफटाइम अचिभमेन्ट अवार्ड, २००८’ पाएकी थिइन् । यसैगरी, उनले वर्ल्ड समिट मिलेनियम डेभलपमेन्ट गोल्स अवार्ड, २००९’ र ग्रामीण फाउन्डेसनले भिजन अवार्ड, २००९ पाएकी थिइन् ।

नाहिद इस्लाम

२६ वर्षीय नाहिद इस्लाम बंगलादेशको कोटा सुधार आन्दोलनका प्रमुख नेताहरूमध्येका एक हुन् । जुन आन्दोलनले शेख हसिनाको सरकारको पतन गरायो । उनी १९९८ मा ढाकामा जन्मिएका हुन् । उनी ढाका विश्वविद्यालयमा २०१६–१७ ब्याचको समाजशास्त्रका विद्यार्थी हुन् । उनका बुबा शिक्षक र आमा गृहिणी हुन् । नाहिद विवाहित हुन् । उनका एक कान्छा भाइ पनि छन् ।

आसिफ महमूद

आसिफ महमूद विद्यार्थीहरूको भेदभाव विरोधी आन्दोलनका प्रमुख संयोजक हुन् । आसिफ सन् २०१७–१८ ब्याचका ढाका विश्वविद्यालयको भाषाविज्ञान विभागका विद्यार्थी हुन् । २६ वर्षीय आसिफले नक्खलपारा हुसेन अली हाई स्कुलमा पढेका थिए । उनले २०१५ मा एसएससी पास गरेका थिए । उनले सन् २०१७ मा आदमजी क्यान्टोनमेन्ट कलेजबाट एचएससी पास गरेका थिए ।
ढाका ट्रिब्युन/बाह्रखरी

Your Opnion

//