पराजुलीले ल्याइन् तीज गीत `कसो गरौ मैले´ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पराजुलीले ल्याइन् तीज गीत `कसो गरौ मैले´

गीतकार देवी पराजुली

काठमाडौं/ २४ साउन । शिबहरी ढुंगानाको संगीत रहेको `कसो गरौ मैले´ गीतमा स्वर बबिना किराँतीको रहेको छ । कलाकारको मूख्य भूमिकामा चर्चित मोडल नबिना सिलवाल (खुइली) रहेकीछन् भने यस गीतको कोरियोग्राफर र डाइरेक्टर प्रबिन थापा रहेकाछ्न् ।

झापा जिल्लाको भद्रपुर ९ मा बुबा चक्र प्रसाद पराजुली , आमा इन्दिरा पराजुलीको कोखबाट पाँच छोरी र एक छोरा मध्ये दोस्रो सन्तानको रुपामा जन्मिएकी देवी पराजुलीले १०० भन्दा बढी गीत लेखेकी छन् ।

निजामती सेवामा कार्यरत पराजुली, सानै उमेरदेखि लेखन कलामा रुची राख्ने गर्थिन् । गीतकार पराजुलीका धेरै राम्रा र सान्दर्भिक लेख, रचनालगायत कबिता, गीतहरु राष्ट्रिय स्तरका पत्रपत्रिकामा छापिएको पाइन्छ। गीतहरुमा जन्मभूमि भन्दा ठूलो केही छैन अरु , ए हजुर , कहिले म जीतमा रोएँ, हामी नारी, उठाैं है जागौं हे दिदीबहिनी, प्यारी आमा, दशैंर बर्षमा पराई घर दिंदा , बुट्टे चोलीमा, लगनको सारी, माइत रमाइलो , परदेशी नभन मलाई , बन्द भयो बोलिचाली जस्ता लोकप्रिय गीतहरूको अडियो भिडियो आफ्नै यूटुब च्यानल “देवी पराजुली”मा राखेकि छन् ।

गीतकार देवी पराजुली चाँडैनै गीतको संग्रह निकाल्ने तयारीमा रहेको बताउँछिन् । उनी हाल गीतकार संघको कार्यसमिति सदस्य समेत रहेकी छन्

Your Opnion

//