सिनवर यह्या चयन भए हमासका नयाँ नेता - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

सिनवर यह्या चयन भए हमासका नयाँ नेता

हमासका नयाँ नेता सिनवर यह्या

दोहा/ २३ साउन । प्यालेस्टाइन लडाकू समूह हमासले यह्या सिनवरलाई आफ्नो नयाँ नेतामा चयन गरेको छ । यसअघि हमासका नेता इस्माइल हानियाको इरानमा गएको बुधबार हत्या भएपछि सो संगठनले नयाँ नेता चयन गरेको हो ।

कतारको दोहामा दुई दिन सम्म चलेको हमासको बैठकपछि नयाँ नेता छनौट गरिएको जनाइएको छ । सिनवरलाई संगठनको सबै मामिलाको नेतृत्व गर्ने जिम्बेवारी दिइएको बताइएको छ । उनी २०१७ देखि गाजा क्षेत्रको हमासको नेताका रुपमा चयन भएका थिए । अब उनी यसको राजनीतिक विङको समेत नेता भएका छन् ।

६१ वर्षिय उनी हमासको बैठकमा एकमतले सो समूहको नेता चयन भएको बताइएको बीबीसीले जनाएको छ ।

Your Opnion

//