८४ वर्षिय अर्थशास्त्री डा. मोहम्मद युनुस बङ्गलादेशको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

८४ वर्षिय अर्थशास्त्री डा. मोहम्मद युनुस बङ्गलादेशको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त

तस्बिर : एबीपी न्यूज

काठमाडौँ/ २३ साउन । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्। नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले गएराति अन्तरिम सरकार प्रमुखमा नियुक्तिको घोषणा गरेका हुन्। गएराति राष्ट्रपति, सेना प्रमुख र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ।

यसअघि मंगलबार राष्ट्रपतिले संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खुला गरेका थिए। विद्यार्थी नेताहरूले सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने स्पष्ट पार्दै अन्तरिम सरकारको नेतृत्व गर्न युनुसलाई जोड दिएका थिए।

८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचालन गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।

Your Opnion

//