प्रधानमन्त्री शेख हसिनाले बंगलादेश छाडिन, अन्तरिम सरकारले देश चलाउने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

प्रधानमन्त्री शेख हसिनाले बंगलादेश छाडिन, अन्तरिम सरकारले देश चलाउने

फाइल तस्बिर

काठमाडौं/ २१ साउन । बंगलादेशका सेना प्रमुख जनरल वकेर-उज-जमानले देश अब अन्तरिम सरकारले चलाउने बताएका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा गरेर सोमबार देश छाडेपछि राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार गठन गरिने बताएका हुन् ।

सम्बोधन गर्नुअघि उनले बंगलादेशको प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)  लगायत प्रमुख राजनीतिक दलहरूसँग वार्ता गरेका थिए ।

सम्बोधनका क्रममा उनले आफू अहिले अन्तरिम सरकार गठनका लागि वार्तामा रहेको बताएका छन् ।

उनले पछिल्ला हत्याबारे छानबिन गरिने पनि बताएका छन् । “हामी विगत केही हप्तामा भएका सबै हत्याको छानबिन गर्नेछौँ,” उनले भने ।

बंगलादेशका विद्यार्थीले पछिल्लो समय गरेको कोटाविरुद्धको आन्दोलनमा ३०० जनाभन्दा बढीको मृत्यु भएको छ । आइतबारमात्रै ९९ जनाको मृत्यु भएको थियो ।

“प्रदर्शनका क्रममा भएका हरेक मृत्यु र अपराधका लागि न्याय सुनिश्चित गर्ने कुरा पनि सुनिश्चित गर्नेछौँ,” उनले भने । उनले प्रदर्शनकारीहरूलाई संयमता अपनाउन र हिंसा तथा तोडफोडका काम नगर्न आह्वान गरेका छन् । उनले देशमा शान्ति फिर्ता ल्याउने र सेनाप्रतिको विश्वास कायम राख्न अनुरोध गरेका छन् ।

“हामीले सबै प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई आमन्त्रित गरेका छौँ र उनीहरूले हाम्रो निमन्त्रणा स्वीकार गरेका छन् र हामीसँग सहकार्य गर्न प्रतिबद्ध छन्,” उनले भने । उनले अब छिट्टै राष्ट्रपतिलाई भेट्ने तयारी गरेको बताए ।

Your Opnion

//