फेदीखोला हाईड्रोमा बाणिज्य बैंकले ऋण लगानीगर्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

फेदीखोला हाईड्रोमा बाणिज्य बैंकले ऋण लगानीगर्ने

काठमाडौं/ १९ साउन । फेदीखोला हाईड्रो पावर कम्पनी प्रा.लि. र राष्ट्रिय बाणिज्य बैंकका विचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ऋण लगानीगर्ने सम्झौता २०८१ श्रावण १७ गते सम्पन्न भएको छ । सम्झौतामा राष्ट्रिय बाणिज्य बैंक लि. का तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वाडा नं. ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा रु. ५० करोड राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानीगर्ने भएको छ ।

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि श्रावण महनिाको अन्त्यसम्ममा कम्पनीलाई प्रा.लि. बाट लि. मा परिवर्तन गरि स्वपँजीको ४४ करोड तिस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपओ निश्कासन यहि आ.व. भित्रमा गरिने लक्ष रहेको छ । २०८२ असोज भित्र सम्पन्नहुने यस आयोनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्मकरिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

Your Opnion

//