बुटवलमा जडान भए उच्च क्षमताका हाइमास्ट लाइट - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

बुटवलमा जडान भए उच्च क्षमताका हाइमास्ट लाइट

लुम्बिनी/ १५ साउन । बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन्। बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन्।

हाइमास्ट लाइटको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा रहेको हाइमास्ट लाइटको स्विच अन गरेर उद्घाटन गरे।

लाइटको उद्घाटन गर्दै पाण्डेयले बुटवललाई उज्यालो सहरका रूपमा विकसित गर्दै रात्रिकालीन बजार सञ्चालन गर्ने योजनाले मूर्तरूप लिँदै गरेको बताए। उनले बुटवलका मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलहरूमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइटहरू जडान गरेको बताए।

उनले हाइमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानहरूमा चालु आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्था गरेको बताए। प्रमुख पाण्डेयका अनुसार बुटवललाई उज्यालो सहर, हरियालीयुक्त सहर, सफा सहरका रूपमा स्थापित गर्नका लागि काम भइरहेको छ।

मुख्य सडकका डिभाइडर र दायाँबायाँ बिरुवा रोप्ने, अन्य क्षेत्रहरुमा हरियाली बनाउने र सरसफाइ अभियान सञ्चालन भइरहेका उनले बताए।

बुटवलका योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान भएका छन्।

त्यस्तै वीपी चोक, जेसीज चोक, तीनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान भएका छन्।

यस्तै गरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान भएको बुटवल उपमहानगरपालिकाका सहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए।

उनका अनुसार टेण्डरमार्फत २ करोड ७ लाख ९३ हजार ७ सय ३५ रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भई फागुन २ गते शिलान्यास भएको थियो।

Your Opnion

//