बागलुङमा १२ हजार दुई सय ३४ मिटर पदमार्ग निर्माण सम्पन्न - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

बागलुङमा १२ हजार दुई सय ३४ मिटर पदमार्ग निर्माण सम्पन्न

तस्विर रासस

काठमाडौं/ १४ साउन । बागलुङमा आर्थिक वर्ष २०८०/८१ मा १२ हजार दुई सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको बजेटबाट जिल्लाको विभिन्न स्थानमा पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले पर्यटन पूर्वधार निमाणका लागि बागलुङमा रु ६ करोड ४० लाख विनियोजन गरेको थियो ।

त्यसमध्ये तीन करोड ८५ लाखले पदमार्ग निर्माण गरिएको हो भने बाँकी बजेटले मठ मन्दिरसहितका पर्यटन संरचना निर्माण गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत जिल्लाको १० वटै पालिकामा पदमार्ग निर्माण र अन्य संरचना बनाइएको हो ।

गत वर्ष कुल ७६ योजनामध्ये ५२ वटा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । उनका अनुसार बागलुङ नगरपालिकामा २० योजना सम्पन्न भएका छन् । यसका लागि रु। दुई करोड ३५ लाख विनियोजन भएको थापाले जानकारी दिए ।

जैमिनी नगरपालिकामा १३ योजनाका लागि रु ९५ लाख, काठेखोला गाउँपालिकामा १५ योजनाका लागि रु ९० लाख, गलकोट नगरपालिकामा नौ योजनाका लागि रु ७० लाख बजेट विनियोजन भएको प्रमुख थापाको भनाइ छ ।

प्रमुख थापाका अनुसार बडिगाड गाउँपालिकामा पाँच वटा योजनाका लागि रु ३० लाख, निसीखोला गाउँपालिकामा तीन वटा योजनाका लागि रु ३० लाख ढोरपाटन नगरपालिकामा चार योजनाका लागि रु २५ लाख, ताराखोलामा तीन वटा योजनाका रु ३० लाख, बरेङ गाउँपालिकामा तीन योजनाका लागि रु २५ लाख, तमानखोलामा एउटा योजनाका लागि रु १० लाख बजेट विनियोजन भएको र ति सबै योजना सम्पन्न भएको उनले बताए । थापाले प्रदेश सरकारले विनियोजन गरेको शतप्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको जानकारी दिए ।

प्रमुख थापाले भनेका छन्, ‘गत आवमा प्रदेश सरकारले पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत सञ्चालन गर्ने योजनाका लागि विनियोजित बजेट सबै सकिएको छ, हामीले शतप्रतिशत वित्तीय र भौतिक प्रगति गऱ्यौँ, प्रदेशबाट आएका योजनामध्ये सबैभन्दा बढी पदमार्गका थिए, ती सबै योजना समयमै सक्यौँ ।’

गण्डकी प्रदेशका पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटन प्रवर्द्धनका लागि सबैभन्दा पहिला पूर्वधार चाहिने हुँदा त्यसलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । पर्यटकलाई आकर्षित गर्नका लागि रमणिय ठाउँ मात्रै भएर मात्रै नहुने भन्दै त्यहाँसम्म पुग्नका लागि पहुँच सहज हुनुपर्ने उनको भनाइ छ । थापाले गण्डकीका ११ वटै जिल्लामा पदमार्ग निर्माणमा जोड दिएको बताए । पर्यटकीय गन्तव्यमा पुग्नका लागि सडकभन्दा पदमार्ग नै निर्माण गर्नुपर्ने थापाको भनाइ छ ।

Your Opnion

//