शक्ति समूहले नेपालगञ्जमा थप दुई बर्ष 'ओयुआर' परियोजना सञ्चालन गर्दै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

शक्ति समूहले नेपालगञ्जमा थप दुई बर्ष ‘ओयुआर’ परियोजना सञ्चालन गर्दै

नेपालगञ्ज/ १० साउन । मानव बेचविखनविरुद्ध क्रियाशील शक्ति समूहले नेपालगञ्जमा सञ्चालित ओयुआर परियोजनाबारे जानकारी गराएको छ । आज आयोजित परियोजना परिचय बैठकमा ओयुआरको सहयोगमा सञ्चालित परियोजनाले गर्ने क्रियाकलाप र उद्देश्यबारे जानकारी दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा बसेको बैठकमा परियोजना संयोजक गरिमा श्रेष्ठले सन् २०२२ देखि नेपालगञ्ज र काठमाण्डौमा सञ्चालित यो परियोजनाको समयावधि २०२४ सम्म रहे पनि थप दुई बर्ष बढाएर सन् २०२६ सम्म पुर्याइएको बताइन् । उनले परियोजना अन्तर्गत मानव बेचविखन रोकथाम र संरक्षणका लागि विभिन्न क्रियाकलाप सञ्चालन हुने जानकारी दिइन् । पछिल्लो समय मानव बेचविखनको शैली परिवर्तन भइरहेका कारण त्यसै अनुरुपका क्रियाकलाप सञ्चालन गरिरहेको शक्ति समूहकी अध्यक्ष चरिमाया तामांगले बताइन् । सामाजिक सञ्जाल लगायत नयाँ नयाँ प्रविधिको दुरुपयोग गर्ने प्रबृत्ति बढेको भन्दै उनले यसमा सचेतना आवश्यक देखिएको बताइन् । ९० प्रतिशत घटना अनलाइनका माध्यमबाट भइरहेको तामांगले बताइन् ।

शक्ति समूहकी नेपालगञ्ज प्रमुख निर्मला पौडेलका अनुसार शिक्षा महाशाखासंगको समन्वयमा नेपालगञ्जका १० वटा विद्यालय छनौट गरी ८०० विद्यार्थीलाई अनुशिक्षण गरिनेछ । त्यस्तै ६४० अभिभावक तथा शिक्षकहरुका लागि पनि कार्यशाला गरिने पौडेलको भनाई छ । त्यस्तै सीमामा बसेका प्रहरी र सरोकारवालासंग अन्तरिक्रया, क्रस बोर्डर सुरक्षा अधिकारीबीच अन्तरक्रियात्मक कार्यशाला लगायतका गतिविधि गरिने बताइएको छ । उपप्रमुख राईले परियोजना सफल र प्रभावकारी हुने विश्वास ब्यक्त गरे । सबैको साझा प्रयासबाट मानव बेचविखन जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न सकिनेमा जोड दिँदै उनले सीमावर्ती सहर भएका कारण नेपालगञ्ज भएर जोखिमपूर्ण यात्राा गर्नेहरुको निगरानी अझ बढाउन आबश्यक रहेको बताए । शक्ति समूहले सचेतना प्रबद्र्धनका कार्यक्रमसंगै जोखिमपूर्ण यात्रामा रहेका र बेचिएका चेलीहरुको उद्दार, संरक्षण र पुनःस्थापना गर्दै आएको छ । नेपालगञ्जमा पनि संरक्षण केन्द्र सञ्चालनमा छ ।

Your Opnion

//