विकास र समृद्धि मापन गर्ने प्रमुख सिङ्गल इन्डिकेटर : विद्युत खपत - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

विकास र समृद्धि मापन गर्ने प्रमुख सिङ्गल इन्डिकेटर : विद्युत खपत

  • ई. श्रीराम न्याैपानेJuly 20, 2024
लेखक ई. श्रीराम न्याैपाने

कुनै पनि देशको आधुनिक विकास र समृद्धि मापन गर्ने एकमात्र दर्हो सूचकाङ्क भनेको त्यो देशका हरेक नागरिकले प्रतिवर्ष कति युनिट विजुली खपत गर्छन् भन्नेमा निर्भर गर्छ। सवैभन्दा कम विजुलि खपत गर्ने देश दक्षिण सुडानको ५० युनिट छ भने, नेपालको ३५०, भारतको १२००, चिनको ५०००, अमेरिकाको १२०००, जापानको ७०००, प्राय सवै अरवेयिन मुलुकको १०००० हाराहारी छ भने सवैभन्दा बढी आइसल्यान्डको ५५००० युनिट छ।

जुन देशमा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग धेरै छन्, डाटा सर्भर धेरै छन्, पेट्रोलियम प्रशोधन केन्द्र बढी छन्, घरको भान्छा देखि यातायातका साधनहरू विद्युतीय छन्, सुविधासम्पन्न विद्यालय, अस्पताल प्रशस्त छन्, विद्युतीय निर्माण र कृषि उपकरण यन्त्रको प्रयोग छन्, पेपरलेस प्रणालीबाट शतप्रतिशत प्रशासनिक काम हुन्छन ती देश धनि छन् समृद्ध छन्।

शायद नेपाल एकमात्र यस्तो स्रोत सम्पन्न देश हो जहॉ जलविद्युत, सौर्य, वायु र हाइड्रोजन ऊर्जाको उत्पादन गरेर संसारको सबैभन्दा बढी विद्युत खपत गर्ने देश बन्न सक्छ, संसारकै धनि र समृद्ध देश बन्न सक्छ।

मुस्ताङको आणविक ऊर्जा, जलविद्युत, सौर्य, वायु र हाइड्रोजन ऊर्जा समेत गरेर नेपालले अधिकतम तीन लाख मेगावाट विजुली उत्पादन गर्न सक्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ।

तीन करोड जनसङ्ख्याका हिसाबले प्रति एक लाख मेगावाट विजुली देश भित्र उत्पादन भई खपत हुॅदा २०००० युनिट विद्युत खपत हुने रहेछ।

(लेखक न्याैपाने सुरुङमार्ग निर्माणविज्ञ हुन् ) सम्पादक

Your Opnion

//