उद्देश्य बोकेर उमंगका साथ
जब जब घरबाट निस्किन्छु
निदान्त एक्लै कदम चाल्छु
गन्तव्यका लागि ।
धुलो धुवाँ र भिडमा
अभावग्रस्त र तनावग्रस्त
मन कोलाहलमय शहर देखेर
उत्साह मर्छ छर प्रष्ट हुन्छ
विचारका धारा प्रवाह छचल्किरहन्छ
बुद्धि र विवेकलाई मथेर
केहि लेख्न खोज्थे
शब्दहरुले गिज्याउथे
यहाँ शब्द पनि एक्लिन पुग्थ्यो।
न त कलमको साथ
न त शब्दको साथ
मनले मनसंग एक्लो
महशुस गर्थ्यो
मनभित्र आँधीबेहरी चल्थ्यो।
जाउँ कहाँ ?
गरु के ?
फर्किन मनै लाग्दैनथ्यो
तर पनि त फर्किनु पर्ने बाध्यता
भारी मन र निराशा बोकेर
घर छिर्यो अनि उघार्दा कोठाको ढोका
पोखिन्छ अध्यारो कोठामा
आफैसंग आफ्नै उदासी हेरेर
नियाल्छु केही बेर…..
आफ्नै देशलाई
उस्तै उस्तै लाग्छ मेरो देश
र मेरो कोठाको हाल।
Your Opnion