युरो, अमेरिका र अस्ट्रेलियाको सूचना प्रविधि क्षेत्रमा अचानक समस्या : विमानहरु ग्राउण्डेड - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

युरो, अमेरिका र अस्ट्रेलियाको सूचना प्रविधि क्षेत्रमा अचानक समस्या : विमानहरु ग्राउण्डेड

तस्बिर बीबीसी

लन्डन/ ५ साउन । युरो, अमेरिका र अस्ट्रेलियाको सूचना प्रविधि क्षेत्रमा अचानक शुक्रबार समस्या आएको छ । जसका कारण कम्प्युटरहरूले काम गरेका छैनन् ।

विमानहरू ग्राउन्डेड भएका छन् भने बैंक, टेलिकम्युनिकेसनलगायत विषयमा समस्या आएको छ ।

बेलायतको लन्डन, नेदरल्यान्डसको आर्मस्टर्डम, स्कटल्यान्ड, अस्ट्रेलिया, जर्मनीलगायत मुलुकमा हवाई सेवामा अवरोध भएको छ । बेलायतमा स्काई न्यूज अफ एयर भएको छ । बेलायतका रेल कम्पनी पनि प्रभावित भएका छन् ।

माइक्रोसफ्टको सफ्टवेयरमा समस्या भएर यस्तो अवरोध आएको जनाइएको छ । माइक्रोसफ्टले समस्याको सम्बोधनका लागि पहल भइरहेको जनाएको छ ।

जर्मनी, अमेरिका, लन्डन र नेदरल्यान्डसमा पनि विमान ग्राउन्डेड भएका छन् ।

अमेरिकाको अलास्काको प्रहरीले इमर्जेन्सी सर्भिसबारे अरुले काम नगरेको जनाएको छ । अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वव्यापी रूपमा बिमान ‘ग्राउन्ड स्टप’ भनेका छन् । बीबीसी

Your Opnion

//