दुबईकी राजकुमारी मकतूमले सामाजिक सञ्जालमार्फत् श्रीमानसँग सम्बन्ध विच्छेद गरिन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

दुबईकी राजकुमारी मकतूमले सामाजिक सञ्जालमार्फत् श्रीमानसँग सम्बन्ध विच्छेद गरिन

काठमाडौं/ ३ साउन । दुबईकी राजकुमारी शेखा माहरा बिन्त मोहम्मद बिन राशिद अल मकतूमले सामाजिक सञ्जालमार्फत् श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छिन्।

दुबईका प्रधानमन्त्री, उपराष्ट्रपति एवं शासक शेह मोहम्मद बिन राशिद अल मकतूमकी छोरी शेखा माहरालाई इन्स्टाग्राम पोस्टमार्फत् श्रीमानसँग सम्बन्ध विच्छेद गरेको विषय यतिबेला निकै चर्चामा आएको छ।

उनको एक वर्ष अघि दुबईका व्यवसायी शेख माना बिन मोहम्मद बिन राशिद बिन माना अल मकतूमसँग भएको थियो। उनको एउटी छोरी छिन्।

राजकुमारी शेखा माहराले इन्स्टाग्राम पोस्टमा लेखेकी छिन्, ‘प्रिय पति, तपाईं अरुसँग नै हुनुहुन्छ। त्यसकारण म आफ्नो सम्बन्ध विच्छेदको घोषणा गर्दछु। म तपाईंसँग सम्बन्ध विच्छेदको घोषणा गर्दछु र तपाईं आफ्नो ख्याल राख्नुहोला। तपाईंकी पूर्व पत्नी।’

२९ वर्षीया राजकुमारी शेखा माहिराको उक्त पोस्ट निकै भाइरल बनेको छ भने उनको यस कदमलाई निकै साहसिक मानिँदैछ।

सामाजिक कार्यमा व्यस्त रहने गरेकी राजकुमारी  महिला शसक्तिकरणका लागि वकालत पनि गर्दै आएकी छिन्। उनले स्थानीय फेशन डिजाइनरहरूलाई पनि समर्थन गर्ने गर्छिन्। एजेन्सि

Your Opnion

//