प्रचण्डको अबसान र केपि ओलीलाई अन्तिम मौका - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

प्रचण्डको अबसान र केपि ओलीलाई अन्तिम मौका

  • पूर्ण ओलीJuly 13, 2024

नेपाली काँग्रेस र एमाले मिलेर अचानक सरकार बनाउने निर्णय गरेपछि प्रचण्ड आत्तिएर सदनबाट बिश्वासको मत लिन तयार भए । धेरै आक्रोस, कुण्ठा, आवेगको बिचमा सदनमा बोल्ने क्रममा प्रचण्डले आफुले गरेका केहि कामको बर्णन गरेपनि उनको मुख्य भनाइ दलीत,जनजाती, मदेशी तथा महिलालाई उचाल्ने र जनतामा फेरि बिद्रोह ल्याउन उकास्ने काम धेरै गरे । संबिधान सुधारको नाममा काँग्रेस एमालेले सरकारको अस्थिरता हटाउन समानुपातिकका साँसदलाई राष्ट्रियसभामा लैजानेभन्दा अरु सम्झौताका कुरा खोलिएका छैनन् । तर प्रचण्डले संघियता, धर्मनिरपेक्षता तथा गंणतन्त्र हटाउन सक्ने भनि आफैं अड्कल गरि जनता भडकाउने कार्य गरेका छन् ।

सहि हो संबिधान सभाबाट नेपाली जनताले संघियता, धर्मनिरपेक्षता तथा गणतन्त्र खोजेकै थिएनन् । शिर्फ निरंकुस राजतन्त्रलाई नियन्त्रण गर्नेमात्र दलहरुबीच कुरा भएको थियो । दिल्लीमा भएको १२ बुंदे सम्झौतामा पनि यी बिषय उल्लेख थिएनन् । तर संबिधान बनाउने अन्तिम समयमा तात्कालिन इण्डियाको काँग्रेस (आइ) सरकार र पश्चिमाको दवावमा यी सबै समस्याका जड संबिधानमा घुसाइएका थिए । अब यो अबसरको सदुपयोग गरि सबै जनताको चाहना बुझि देशको दिर्घकालिन हित हेर्दै शान्ति, सुशासन र बिकासको लागि संबिधानमा आबश्यक सुधार गरे मात्र संबिधानमा बारम्बार संसोधनको कुरा नआउन सक्छ ।

तत्कालीन माओबादी विद्रोहलाई भारत र पश्चिमाको सहयोग र सल्लाहमा चलाइएको कुरा अब प्रष्ट भइसकेको छ । उनै माओबादी नेता धुर्त प्रचण्डले नेपाली काँग्रेसका सभापति गिरिजाप्रसादलाई राष्ट्रपति बनाउने आश्वासनले गंणतन्त्र ल्याइएको थियो । त्यस्तै गरेर पश्चिमाको दवावमा नेपालमा कृश्चीयानीटि फैलाउन धर्मनिरपेक्षता लादिएको कुरा प्रष्ट भइसकेको छ । संघियताको प्रश्न अन्तिम समयमा मधेश आन्दोलनमा उठाइएर माओबादीको चाहनामा जातीय राज्य बनाउने दवावमा देशलाई संघियता बनाउन बल पुग्यो । अरु जातीय राज्य बनाउन रोकिए पनि माओबादीले यीनै जातजातीलाई उचालेर बिद्रोहमा होमेको थियो । जस्को कारण आन्दोलनमा धेरैजसो यिनै जनजाती, दलीतहरु मारिए र पीडित भए । माओबादी शान्ति सम्झौतामा आइसकेपछि प्रचण्डले यी सबैजसो जनता बिर्सिएर शिर्फ आफ्ना आसेपासे र परिवारमा सिमित भए । त्यसैले अहिले आएर फेरि यिनै जनजाती र दलीत तथा महिलालाई उचाल्ने कार्य प्रचण्डले नगरे हुन्छ । शायद अब प्रचण्डको दल अर्को चुनाब पछि नगण्य मात्रमा केहि सांसदमा सिमित रहने निश्चित छ ।

अब केपि ओली र शेरबहादुरको आन्तरिक सम्झौता के छ बिस्तारै खुल्दै जाला । तैपनि संबिधान संसोधनको कुरा आएपछि धर्मनिरपेक्ष , संघियता तथा गणतन्त्रको बिषयमा अबश्य गम्भिर बहस सुरु हुनेछ । त्यस्का लागि कुनैपनि बिदेशी दवाव बिना नेपाली जनताको इच्छा अनुसार त्यस्तै परे जनमत संग्रह गरेर भएपनि देश र जनता बिरोधि सबै बिषय संसोधन गर्न हिम्मत गरिनुपर्छ ।

सायद केपि र शेरबहादुरको सत्ता आरोहणको अबसरलाई भरपुर उपयोग गर्दै जनहितमा ठोस कार्य गर्न आबश्यक छ । नत्र उनीहरुको लागि यो नै अन्तिम अबसर हुनसक्छ । यस्कालागि सबभन्दा पहिला मन्त्रिमण्डल गठन गर्दा कुनै दाग नलागेका क्षमतावान र इमान्दार ब्यक्ति छनौट गरिनु पर्छ । यदि अहिलेको मन्त्रिमण्डलमा आरजु देउवा जस्ता बदनाम ब्यक्तिलाई राखिएमा प्रचण्ड र रबि लामिछानेले भनेजस्तै ठुला भ्रष्टहरुको फायल खोलिएपछि सरकार बदलिएको हो भन्ने भनाइ सत्य साबित हुनेछ । किनकि उनी पहिलेदेखि नै बिभिन्न तरिकाबाट पैसा उठाउने र शेरबहादुरलाई बदनाम गराउने पात्र भनेर आक्षेप लागिसकेकी महिला हुन् । पछिल्लो अबस्थामा नक्कली भुटानी शरणार्थी काण्डमा आरजु राणा संलग्न भनेर मिडियामा आइसकेकी छन् ।

एमालेमा पनि राम्रा ब्यक्ति छन् । रघुबीर महासेठ ले २/२ महिनामा सचिब फेरेर पैसा उठाउने कार्य गरे भन्ने समाचार बाहिर आएका छन् । बसन्त नेम्बाङ यातायात मन्त्री हुंदा कर्मचारी नबदल्ने इमान्दार र क्षमतावान मन्त्रिमा दर्ज भएका ब्यक्ति हन् । त्यस्तै गरेर गोकर्ण बिष्ट पनि क्षमतावान ब्यक्ति भएर काम देखाइसकेका मन्त्रि हुन् । काँग्रेसबाट पनि सरल, इमान्दार , क्षमतावान तथा लोकप्रिय नेतालाई मन्त्रिमण्डलमा पठाइयोस । त्यसकारण पार्टी नेताले आफ्ना गुट भन्दा पार्टीका क्षमतावान र सृजनशिल ब्यक्तिलाई मन्त्रिमण्डलमा पठाउन सकिएमा सरकार सफल हुनसक्छ । नीतिगत भ्रष्टचार गर्ने लगायत सबै ठुला भ्रष्ट पूर्ब प्रधानमन्त्री, मन्त्री तथा सचिबलगायतलाई कारबाहिको दायरामा ल्याइयोस ।

कृषकले पाउने अनुदान बास्तविक कृषकले प्रतक्ष पाउने गरि नीति बनाइ कार्यन्वयन गरियोस । अहिलसम्म दलाल र पुँजिपतिले अनुदानको फाइदा लिइरहेका छन् । गाउँ गाउँमा सिचाइँको अभियान गरि युवा तथा दलका कार्यकर्तालाई उत्पादनसंग जोडने हो भने युवाहरु बेरोजगार हुने छैनन् । कृषकको उत्पादनलाई बजारसम्म पु¥याउने पालिका मार्फत ब्यबस्था होस । कमसेकम वडा नभए पालिका भित्र शित भण्डार बनाइयोस । जस्को कारण किसानका बेमौसमी तरकारी उत्पादन गरि भण्डारण गरि उचित मुल्यमा बेच्न सकियोस । अहिलेसम्म दुध उत्पादन गर्ने किसानले समयमा भुक्तान नपाउने कार्य बन्द गराइ समयमा भुक्तान दिने कार्य कढाइका साथ गरियोस ।

गाँजा खेतिलाई बैधता दिएर किसानले उत्पादन गर्ने कार्य सुरु भएपछि धेरै युवा किसानहरु स्वदेशमा बसेर रोजगार बन्न सक्नेछन् । जस्बाट उनीहरुलाई बिदेश जाने बाध्यता पर्ने छैन । ३ । ४ कठ्ठा खेतिमा गाँजा खेति गरेर पनि किसानले राम्रो कमाइ गर्न सक्नेछन् । यस्ता जनमुखि र ब्यबहारिक कार्य शिघ्र सुरु गरि कार्यन्वयन सुरु गरिएमा यस्को प्रतिफल छिटो जनताले पाउने छन् । बिद्युत सस्तो बनाइ गृहिणीलाई बिजुलिमा खाना पकाउने अबसर दिने हो भने ग्यांसको आयतमा कमि आइ ब्यापार घाटा घट्न थाल्नेछ ।

तुरुन्त परिणाम दिने र जनतालाई प्रतक्ष्य लाभ हुने कुराबाट जनताको मन बदल्न सकिनेछ । यसबाट जनताले बिगतका गल्तीलाई बिर्सदै जानेछन् । अन्यथा ठुला दलका ठुला नेताले गरेका भ्रष्टचार काण्डका बिरुद्य साना दलका नेताले जनताको साथ लिएर सडक आन्दोलन चर्किने छ । यसतर्फ अब बन्ने नया सरकार सचेत बन्दै इमान्दारीसाथ जनहितमा अघि बढोस । अन्यथा प्रचण्डको ढाँट बोलि र ब्यबहारले पहिलाको नम्बर १ पार्टि अहिले तेश्रो ठुलो दल हुंदै अबसानतर्फ लागेजस्तै काँग्रेस एमाले पनि अबसानको बाटोतर्फ लाग्ने दिन आउन सक्छ । त्यसैले यसलाई अन्तिम अबसर ठानी बोलिले होइन कामले देखाएर अघि बढौ जस्बाट पार्टिको हितमात्र होइन जनताको पनि हित हुनेछ । कमसेकम प्रचण्ड जस्तो अस्थिर स्वभाव र जनहितमा भन्दा , दलाल र बिदेशीको दास हुनबाट सरकार जोगिनै पर्छ अन्यथा दलको मात्र होइन देशको भविष्य अन्धकार बन्न सक्नेछ । त्यसैले सरकार होसियार अन्यथा जनताको आक्रोसको तारो बन्न सकिन्छ ।

बालकुमारी, ललीतपुर

Your Opnion

//