नयाँदिल्ली/ २५ जेठ । भारतीय काम चलाउ प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको हाे ।
आजको बैठकमा एनडीएका २९३ लोकसभा सांसद, राज्यसभा सांसदहरू र सबै राज्यका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित भएका थिए । रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्रीका लागि भाजपाका नेता नरेन्द्र मोदीको नाम प्रस्ताव गरेका थिए भने गृहमन्त्री अमित शाहले समर्थन र नितिन गडकरीले अनुमोदन गरेका थिए । त्यस्तै जेडीएस अध्यक्ष कुमारस्वामीले प्रस्तावलाई समर्थन गरेका थिए ।
एनडीएको बैठक सकिएपछि गठबन्धनका नेताहरूले आज सरकार गठनको दाबी गरेका छन् । मोदीले जुन ९ मा साँझ ६ बजे राष्ट्रपति भवनमा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने छन। मोदीको सपथग्रहणमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली जेठ २६ गते दिल्ली जाँदैछन। उनी दुई दिन भारतमा रहने छन । भाजपाको लोकसभामा बहुमत नआएकाले संविधान संशोधन गरि संविधानबाट धर्मनिरपेक्षता हटाउने र सबै राज्यको विधान सभा निर्वाचन र लोकसभाको निर्वाचन एकै पटक गर्ने गरि संविधान संशोधन गर्ने मोदीको एजेन्डालाई कार्यान्वयन गर्न कठिनाइ हुने स्वतन्त्र विश्लेषकहरुको दावी छ ।
Your Opnion