नेपाल भ्यालुयर्स एसोसिएशनले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा मकवानपुर च्याप्टरको प्रथम अधिवेशन तथा कार्यशाला गोष्ठी यहि मिती २०८१ जेष्ठ १५ गते मंगलबारका दिन सम्पन्न गरेको छ ।
सो कार्यक्रम च्याप्टरका अध्यक्ष ई. सगुन श्रेष्ठ ज्यूको सभापतित्वमा भएको थियो । साथै प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष वरिष्ठ ई. ऋषि कोइराला ज्यूलाई आमन्त्रित गरिएको थियो।
उक्त कार्यक्रममा कोशी प्रदेशका अध्यक्ष ई. आमोद कुमार आचार्य ज्यू, क्ष्ख्क्ऋ सिनियर प्रशिक्षक ई. शुशिल कुमार अमात्य ज्यू तथा ल्ख्ब् चितवन च्याप्टरका सदस्य ई. कपिल प्रसाद अधिकारी ज्यूको उपस्थिति रहेको थियो साथै मकवानपुर च्याप्टरका वरिष्ठ मूल्याङ्कनकर्ता ई. सत्य नारायण शाहको पनि उपस्थिती रहेको थियो ।
च्याप्टरको प्रथम अधिवेशन सो च्याप्टरका अध्यक्ष ई. सगुन श्रेष्ठ ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अधिवेशनले नयाँ कार्यकारीणी समितीको चयन समेत गरेको छ । उक्त कार्यक्रममा बोल्नेक्रममा केन्द्रका अध्यक्ष वरिष्ठ ई. ऋषि कोइराला ज्यूले नव निर्वाचित कार्य समितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नव निर्वाचित कार्य समितीको नामावली यसप्रकार छ :
अध्यक्ष : ई. सगुन श्रेष्ठ
उपाध्यक्ष : ई. रवि आचार्य
सचिव : ई. अनिल बानियाँ
कोषाध्यक्ष : ई. अस्मिता श्रेष्ठ
सदस्यहरु :
१) ई. मनिषमहर्जन
२) ई. कृष्ण अधिकारी
३) ई. असगर अंसारी
४) ई. दिपेश सिंह भण्डारी
५) ई. सौरभ सुवेदी
Your Opnion