काठमाडौं/ ४ वैशाख । नागढुंगा-सिस्नेखोला सुरुङ मार्गको मुख्य सुरुङ आज दिउँसो १ बजे छिचोलिएको छ। जापानी संस्कृति र नेपाली पक्षले हिन्दु परम्पराअनुसार दिउँसो विशेष पूजा गरेर मुख्य सुरुङको ब्रेक थ्रु गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युतीय स्विच थिचेर ब्लास्टिङ गरी सुरुङ ब्रेक थ्रु गरिएको छ। २ हजार ६ सय ८८ लम्बाइको सुरुङमध्ये दुई मिटर खन्न बाँकी थियो। हिजो सोाबार दिउँसो दुई मिटर सुरुङ खनेर ब्रेक थ्रु गरिएको छ।
गत वर्ष २०८० फागुनमै सुरुङ खनिसक्ने लक्ष्य राखिएको थियो। ४२ महिना अर्थात साँढे तीन वर्षमा सुरूङमार्ग बनाउने गरि जापानी निरणमाण कम्पनी हाज्माले ठेक्का पएको थियो। तर स्थानीय बासिन्दाले विभिन्न माग राखेर अवरोध गरेपछि केही समय पछि धकेलिएको थियो। यो सुरुङले काठमाडौँतर्फ बलम्बु र धादिङ सिस्नेखोलास्थित पृथ्वी राजमार्गलाई जोड्छ। सिस्नेखोलादेखि काठमाडौँ बलुम्बुसम्म अहिले सडकको दूरी ८ किमी छ। सुरूङमार्ग बनेपछि सिस्नेखोला-बलम्बु दूरी ५ किमी हुनेछ। सिस्नेखोला-बलम्बु जोड्ने सुरुङ तयार गरेर २.८ किमी दूरी घटाउन लागिएको हो।
दूरीका हिसाबले सुरुङ मार्ग र अहिलेकै सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरुङ मार्गको प्रयोगबाट समयसँगै गन्तव्य पुगिने र पेट्रोलियम पदार्थको पनि बचत हुने अपेक्षा गरिएको छ। यस सुरूङ मार्गको आपतकालिन सुरूङ भने यसअघि नै ब्रेक थ्रु भैसकेको छ। आगामी १ वर्ष १ महिनाभित्र सुरूङमार्ग सञ्चालन गर्ने योजना सहित अब सडक,पुल,ड्रेन,ओभरफ्लाई,अण्डरपास लगायतका १२ वटा निर्माण संरचना बनाइने छ। यही तरिकाले निर्माण कार्यमा ढिलाई हुँदै गएमा सुरूङ मार्ग सञ्चालन गर्न डेढ वर्ष लाग्न सक्छ। जे होस सुरूङमार्ग बन्यो,यसले थानकोट नाका हुँदै काठमाडौं आउजाउ गर्न सहज हुनेछ।
Your Opnion