घरजग्गा कारोबार बढ्न सकेन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

घरजग्गा कारोबार बढ्न सकेन

साङ्केतिक तस्बिर

काठमाडौं/ ३ वैशाख । निरन्तर उकालो लागिरहेको घरजग्गा कारोबारमा फेरी ब्रेक लागेको छ । पछिल्लो दुई महिनायता घरजग्गा कारोबार बढ्न नसकेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ ।

०८० को अन्तिम महिना चैतमा देशभर ५० हजार २५२ घरजग्गाको लिखत पारित भएका छन् । यो संख्या अघिल्ला महिना माघ र फागुनको तुलनामा थोरै कम हो ।

पुस महिनामा ४६ हजार ३० घरजग्गाको लिखत पारित भएकोमा माघमा बढेर ५० हजार ९२१ र फागुनमा ५० हजार ९९८ घरजग्गाको लिखत पारित भएको थियो ।
चैत महिनामा घरजग्गा किनबेच बढ्ने अपेक्षा विपरित उल्टै कारोबार घटेको घरजग्गा व्यवसायीहरु बताउँछन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता ९लगानीयोग्य रकम० पर्याप्तता, घट्दो ब्याजदर, कर्जा प्रवाहमा सहजीकरण, कित्ताकाट खुल्ला, लगानीका अन्य क्षेत्रहरुमा संकुचन लगायत कारणबीच पनि चैतमा घरजग्गा कारोबार बढ्न सकेन । पछिल्लो समय बैंकले १० प्रतिशतभन्दा कम ब्याजदरमै घरकर्जा उपलब्ध गराउन थालेका छन् ।

चैतमा पनि सबैभन्दा धेरै घरजग्गा सुनसरीको इनरुवामा किनबेच भएका छन् । एक महिनाको अवधिमा इनरुवा मालपोतबाट दुई हजार ८२ घरजग्गाको लिखत पारित हुँदा झापाको भद्रपुर मालपोतबाट १८ सय ३५, मोरङको बेलवारी मालपोतबाट १७ सय ९९ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाउँछ ।

किनबेच घटेपनि राजश्व भने बढ्यो

चैतमा घरजग्गा किनबेच घटेपनि राजश्व संकलन भने बढेको छ । एक महिनामा देशभरबाट तीन अर्ब ९४ करोड ८१ लाख रुपैयाँ मालपोत राजश्व उठेको छ ।

अघिल्ला महिना फागुनमा तीन अर्ब ५९ करोड २६ लाख र माघमा तीन अर्ब ३७ करोड ५७ लाख रुपैयाँ राजश्व उठेको थियो । चैतमा पछिल्लो पाँच महिनायताकै उच्च राजश्व उठेको देखिन्छ ।

चैतमा रजिष्ट्रेसन दस्तुरवापत दुई अर्ब ४९ करोड १८ लाख रुपैयाँ, पुँजीगत लाभकरवापत एक अर्ब ४६ करोड ९१ लाख रुपैयाँ, सेवा शुल्कबाट ३१ करोड ५२ लाख रुपैयाँ उठेको छ ।

Your Opnion

//