गुणस्तर अभियान अन्तर्गत एनसेलले गर्यो लुम्बिनी र बाग्मती प्रदेशमा फोरजी सेवामा सुधार - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

गुणस्तर अभियान अन्तर्गत एनसेलले गर्यो लुम्बिनी र बाग्मती प्रदेशमा फोरजी सेवामा सुधार

फाइल फाेटाे

काठमाडौँ/ २४ चैत । आफ्नो सेवाको निरन्तर गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले लुम्बिनी र बाग्मती प्रदेशका विभिन्न जिल्लाका स्थानीयतहमा फोरजी सेवामा सुधार गरेको छ । यो सुधारले यी क्षेत्रका सात जिल्लाका एक दर्जनभन्दा बढी स्थानका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको पहुँच सुनिश्चित गरेको हो।

एनसेलले फोरजी सेवा सुदृढ गरेका स्थानमा बागमती प्रदेशको चौतारा साँगाचोक गढी, इन्द्रसरोवर, मन्थली र थाहा पर्छन् । त्यस्तै लुम्बिनी प्रदेशका भुमेका स्थान, चन्द्रकोट, मालारानी, माथागढी, प्युठान, रम्भा, सन्धिखर्क, तानसेन र तिनाउमा सेवा सुधार गरिएको छ । यसअघि एनसेलले लुम्बिनी प्रदेशको बुटवल, देवदह, घोराही, लुम्बिनी विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरेको थियो ।

फोरजी सेवा विस्तार गरी आधुनिक मोबाइल ब्रोडब्यान्डमा सहजपहुँच सुनिश्चित गराउने प्रतिबद्धताअनुरुप एनसेलले गत माघमा मधेस र गण्डकी प्रदेशमा पनि आफ्नो फोरजी सेवामाथप सुधार गरेको थियो । देशका विभिन्न भागमा विस्तारित फोरजी सेवालाई सुधार गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।

सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमामोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभलिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ । कम्पनीले तीन वटा डबल मजाप्याकहरू संचालनमा रहेका छन् । रु १५० मा सुरु हुने यो प्याकमाग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरी सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्तगरी यसको फाइदालिन सक्छन् ।

त्यस्तै, लोकप्रिय इण्डिया रोमिङप्याकमा २५ प्रतिशत छुटको विशेष अफर पनि छ । यो अफर अन्तर्गत ग्राहकहरुले अझ सुलभ शुल्कमा भारत भ्रमणको बेलामा सजिलै दूरसञ्चार सेवाबाट फाइदालिन सक्छन् ।
एनसेलको सेवाहरुमाथप सुधार हुँदै गएको छ र ग्राहकहरूले अनलाइन बैंकिङ कारोबार लगायतका कामहरुका लागि एनसेल नम्बरहरू रोजिरहेका छन् र प्रयोग गरिरहेका छन् । विभिन्न सरकारी निकायहरूमा एनसेल नम्बरका साथ आफूलाई दर्ता गराएका छन् र देशभित्र मात्रै नभई विदेशमा रोमिङमा रहँदापनि एनसेल नम्बरलाई आफ्नो प्राइम नम्बरको रूपमा प्रयोग गर्ने गरेका छन् । त्यसैगरी, तराईका दुर्गम स्थानहरु लगायत विकटमा पनि एनसेलको नेटवर्क भएकोले गर्दा साना व्यवसायी तथा खुद्रा विक्रेताहरूले एनसेलको विश्वसनीय नेटवर्क÷डेटा सेवाहरू प्रयोग गरेर आफ्ना डिजिटल वालेटमा कारोबारका अलर्टहरू प्राप्त गर्ने गरेका छन् ।

आधुनिक प्रविधि र नेटवर्क मार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्चगतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो र हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ र कुल जनसंख्याको ९२ प्रतिशतभन्दा बढि जनता माझ यो सेवा पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एनसेलको फोरजी सेवाप्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ । सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ ।

Your Opnion

//