भित्रिए एक महिनामै एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

भित्रिए एक महिनामै एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल

फाइल तस्बिर

काठमाडौँ/ १९ चैत । एक महिनामै एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को तेस्रो महिना अर्थात् मार्चमा एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

नेपाल पर्यटन बोर्डले जनाए अनुसार सन् २०२३ को सोही अवधिको तुलनामा यस वर्षको जनवरीमा २८ हजारले बढी पर्यटक भित्रिएका हुन् । गत वर्षको मार्च महिनामा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

सन् २०२४ को मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक ३० हजार ६९८ जना नेपाल आएका छन् । त्यस्तै, यस महिना चिनियाँ पर्यटक १२ हजार ९३ जना आएका छन् भने अमेरिकी पर्यटक १० हजार ७६३ र युकेबाट ७ हजार २४१ जना पर्यटक नेपाल आएका छन् ।

मार्च महिनामा श्रीलंकाबाट ५ हजार ७४१, जर्मनबाट ५ हजार २५५, थाइल्याण्डबाट ४ हजार ५६७, अष्ट्रेलियाबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० जना र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

Your Opnion

//