२६ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई सात दिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

२६ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई सात दिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन

फाइल तस्बिर

काठमाडौं/ १९ चैत । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २६ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई सातदिने स्पष्टीकरण सोधेको छ।

विभिन्न सरकारी निकायहरूले सिफारिस गरिपठाएको आधारमा स्पष्टीकरण सोधिएको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।

कार्यालयले रौतहट, चन्द्रपुर-६मा रहेको रोशिस कन्स्ट्रक्सनलाई स्पष्टीकरण सोधेको छ।

चन्द्रपुर-५ मा रहेको उमंग ट्रेडर्स र चन्द्रपुरमै रहेको पौराई बाबा कन्स्ट्रक्सन प्रालिलाई पनि स्पष्टीकरण सोधिएको छ।

रूपन्देही, ओमसतियामा रहेको साहनी विल्डर्स, नवलपरासी, सुनवलमा रहेको न्यू जगतदेवी निर्माण सेवालाई पनि सातदिने स्पष्टीकरण सोधिएको छ।

काठमाडौंको चाबहिलमा रहेको विवश इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, इलामा रहेको एमडी ब्रो कन्स्ट्रक्सनलाई पनि स्पष्टीकरण सोधिएको छ।

Your Opnion

//