काठमाडौं/ १७ फागुन । पशु कल्याणको क्षेत्रमा सक्रिय एनिमल नेपालले पशुपन्क्षीले कमसेकम बाँचुन्जेल स्वतन्त्रता पाउनुपर्ने भन्दै पाँच मापदण्ड कायम गर्न माग गरेको छ ।
काठमाडौँमा बुधबार आयोजना गरिएको एक कार्यक्रममा सो संस्थाकी प्रमुख सुलक्षणा राणाले यस्तो माग गरेकी हुन् ।
कार्यक्रममा उनले अन्तर्राष्ट्रिय स्तरमा पशुपन्क्षी तथा जनावरले स्वतन्त्र ढंगले बाँच्न पाउने पाँच मापदण्ड कायम भएको र नेपालमा पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताइन् । सडकका कुकुरदेखि, भारी बोक्न प्रयोग हुने गधा, खच्चरजस्ता जनावरहरूको विषयमा संस्थाले चासो दिएर काम गर्दैआएकोमा पछिल्लो समय अण्डा उत्पादन गर्ने कुखुराको कल्याणका निम्ति अभियान सुरु गरेको उनको भनाइ थियो ।
उनले भनिन, “अण्डा र मासुलाई प्रोटिनको रूपमा हामीले प्रयोग गरिरहेका छौँ । तर कतिपय ठाउँमा ब्याण्ड गरिएका एन्टीबायोटिक कुखुराहरुमा प्रयोगमा आइरहेको छ । यसले मान्छेको स्वास्थ्यलाई कसरी राम्रो गर्छ रु विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार अब जनावरबाट मान्छेमा सर्ने वा आउने रोग अझ बढ्नेवाला छ ।”
त्यसैगरी, कार्यक्रम संयोजक मधु कट्टेलले कुखुरालाई यातनापूर्ण ढंगले खोरमा थुनेर नराखी स्वतन्त्र ढंगले बाच्न दिनुपर्ने बताएकी छिन् । उनी भन्छिन ‘कुखराहरुले स्वतन्त्र रुपमा घुमेर खेल्न र चर्न पाउनु पर्छ । पशुपन्छीहरुले कम्तिमा बाचुन्चेल स्वतन्त्रता पाउनुपर्छ । खुल्ला खुल्ला वातावरण बाच्न पाउनुपर्छ । मासु पसलहरुमा एउटा पशुले टुलुटुलु हेरेर बस्ने र अर्को पशुलाई काट्ने प्रविक्तिको अन्त्य हुनुपर्छ । जसले जनावर पनि म मर्दै छु भन्ने त्रास उसको मनमा उत्पन्न हुन्छ ।’
‘त्यस्तै कुखुलाई पनि शीत घाम र तापक्रमबाट वञ्चित गराउनु हुदैन । उनीहरुलाई घाउचोट पिडा दिनुहुदैन । त्यस्तै, कुखुराले आजीवन अण्डा दिउन्जेलसम्म दु:खकष्टका साथ बाच्न बाध्य गराउनु हुदैन । कुखुरा एफो साइज पेपर जत्रो ठाउँमा बस्न बाध्य छन् । कुनै पनि जनावरलाई भोक, प्यास, र कुपोषण हुन हुन दिनुभएन।’ उनको भनाई थियो ।
कार्यक्रममा सहभागी सौगात सप्लायर्सका सञ्चालक सूर्यमान शाक्यले ठुला व्यावसायिक फर्म अर्थात् बेटरी केजबाट उत्पादन अण्डा ७० प्रतिशत र साना किसानले उत्पादन गरेका ३० प्रतिशत अण्डा बजारमा उपलब्ध हुने बताए । अण्डाको लेबलिङ नहुने हुँदा कति दिनसम्म उपभोग गरिसक्नुपर्ने हो भन्ने अन्योल रहेको बताए । चेकजाँचबाट अयोग्य भनिएका अण्डा डिस्पोज गरिनुको सट्टा बजारमा पुन: प्रयोग भइरहेको विषय चिन्ताजनक रहेको उनको भनाई थियो ।
एनिमल नेपाल नामक संस्थाले सुरुदेखि उपभोक्ता, उत्पादक, प्रयोगकर्ता, उपभोक्ता, सरोकारवाला निकाय, आमसञ्चारमाध्य, सञ्चारकर्मीसँग सहकार्य गर्दै निश्कर्षमा पुग्ने उद्देश्य राखेको छ ।
तर, नेपालमा अर्थतन्त्रको मेरुदण्ड भनेर चिनिने कृषि व्यवसायलाई राज्यका सम्बन्धित पक्षले खासै ध्यान दिएको पाइँदैन ।
Your Opnion