जिसु फुलेको सल्लेरी पाखाहरु - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

जिसु फुलेको सल्लेरी पाखाहरु

  • सुशान्त कोइरालाFebruary 24, 2024

काठमाडौंर१२ फागुन । नेपाली मोडलिङ क्षेत्रमा पछिल्लो समय चर्चाको शिखर चुमिरहेकी मोडेल तथा कलाकार जिसु कोइरालाले अभिनय गरेका दर्जनौं म्युजिक भिडियो दर्शक , श्रोताले मन पराएका छ्न् । अभिनयप्रति बेग्लै लगाव रहेकि कोइराला अभिनय कलामा अब्बल मानिन्छिन् ।

मोडल जिसु कोइराला र मोडल दिक्पाल कार्कीले अभिनय गरेको म्युजिक भिडियो ञसल्लेरी पाखाहरू झभर्खरै सार्वजनिक भएको छ । गायक सुरेन गौतमको गीत सल्लेरी पाखाहरूको म्युजिक भिडियोमा जिसुले तारिफ गर्न लायक अभिनय गरेकी छिन् । रातो र निलो आउटफिट लगाएकी उनी निकै सुन्दर देखिएकी छिन् । उनी आफ्नो भुमिकामा पनि अब्बल देखिएकी छिन ।

क्यानडामा जन्मे हुर्केकी जिसु कोइराला चितवनको भरतपुरस्थित मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छिन । मोडलिङ र अभिनयलाई पनि एकसाथ अगाडि बढाइरहेकी उनी काठमाडौंमा सुटिङको सिलसिलामा आइरहेकि हुन्छिन । जिसु कलाकारितालाई आफ्नो जीवनको इन्द्रेणीरंगको रूपमा लिन्छिन ।

उनी भन्छिन `हामीले युवा पुस्तालाई फोकस गरेर म्युजिक भिडियो बनाएका हौं । भिडियोमा कन्सेप्ट फरक गरेका छौं । धेरैले मैले लगाएको ड्रेसलाइ तारिफ पनि गरेका छ्न । मलाई सल्लेरी पाखाहरूको म्युजिक भिडियो एकदम मन परेको छ । यो म्युजिक भिडियोमा काम गर्न पाउँदा खुसी छु ।´

यो म्युजिक भिडियोको निर्देशन पिटर गुरुङले गरेका हुन । दिपेन खडकाले खिचेको सल्लेरी पाखाहरूको सम्पादन बिष्णुहरी तिमल्सिनाले गरेका हुन् , म्युजिक एरेन्ज बिशाल पौडेलले गरेका हुन् । सुरेन गौतमको शब्द र संगीत रहेको म्युजिक भिडियो सुरेन गौतम म्युजिक नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

Your Opnion

//