रामेछापको खाँडादेवी र सिन्धुलीको मझुवा जोड्ने झोलुङ्गे पुल निर्माण कार्य सुस्त - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

रामेछापको खाँडादेवी र सिन्धुलीको मझुवा जोड्ने झोलुङ्गे पुल निर्माण कार्य सुस्त

फाइल तस्बिर

रामेछाप/ ८ फागुन । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-१, राकाथुमको कोथपे र सिन्धुलीको सुनकोशी गाउँपालिका-२, मझुवा जोड्ने झोलुङ्गे पुल निर्माण सुस्त गतिले अघि बढेको छ । तीन वर्षअघि सुरु भएको पुल निर्माण कार्यको उपलब्धि ३५ प्रतिशत मात्र छ ।

सङ्घीय सरकारको सात करोड ३५ लाख रुपियाँ लागतमा निर्माण थालिएको सो पुलको लम्बाइ ४६५ मिटर रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्माण सुरु भएको सो पुल कोभिड-१९ का कारण काम रोकिएको थियो । आव २०७८/७९ को सुरुवातीबाट पुन: निर्माण सुरु गरिए पनि रामेछापतर्फको पिल्लर कोल्टिएपछि काम रोकिएको स्थानीयको भनाइ छ ।

निर्माणाधीन उक्त पुलको डिजाइन प्रोसेस र निर्माण चरणमा प्राविधिक समस्या आएपछि निर्माण कार्यमा ढिलाइ भएको खाँडादेवी गाउँपालिका-१ का पूर्व वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ‘पुलको डिजाइन प्रोसेस र निर्माणको चरणमा प्राविधिक समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो । अहिले झोलुङ्गे पुल निर्माण कार्य अघि बढेको छ, छिटै निर्माण सम्पन्न हुने जनाइएको छ ।

पुल निर्माण भएपछि कोथपेका माझी समुदायका लागि काठको परम्परागत डुङ्गा, र्‍याफ्टिङ र गाडीको ट्युबबाट वारपार गर्नुपर्ने जोखिमको अन्त्य हुने स्थानीय बताउँछन् । खाँडादेवी गाउँपालिकाभित्रको पर्यटकीय पूर्वाधार विकासका रूपमा उक्त पुल निर्माणलाई हेरिएको छ । कोथपेका माझी समुदायको खेती सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-२ मा रहेको छ । सो खेतीमा आउजाउ गर्नसमेत कोथपेका माझी समुदायलाई सहयोग पुग्ने बताइन्छ । अहिलेसम्म ३५-४० प्रतिशत काम सकिएकाले आगामी असोजसम्म काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको पूर्व वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

Your Opnion

//